चिथाेर्नु छैन आकाश
टुक्राटुक्रा पार्नु छैन धर्ती
गिराउनु छैन स्वाभिमान
गास्नु छ मात्र शब्दभाव
उनेर दिगाे शिरफूलहरु
लगाएर रक्तिम ललाटमा
उज्यालो मुहारमा टीका
गरेर हर बखत पुर्वी यात्रा
अंगालेर पृष्ठभूमिकाे मापन
बाेकेर मानवियताकाे परिचय
हृदयमा सजाएर धाैलागिरी
उच्च कालिञ्चाेकमा हिउँकाे वर्षा।
भलाकुसारी गर्दै ऋतु राज संग
निरन्तरताको आस्था बाेकेर
आफ्नै भूगाेल साध र सिमानामा
फहाराउनु छ लाल झण्डा ।
✍️श्रीबहादुर केसी शैलुङ्गे
दाेलखा



