के सँग दाँजु म तिमिलाई ?
प्रकृतिको त्यो अटल हिमालसँग?
जो आफैमा यति सहनशील छ…
अनि के सँग दाँजु म तिमिलाई ?
त्यो निश्चल खोलासँग?
जो आफैमा यति पवित्र छ…
भन के सँग दाँजु म तिमिलाई ?
त्यो सुन्दर पाखा अनि जङ्गलसँग?
जो आफैमा रमाउने शक्ति छ…
तिमी आफैमा एउटा हिमाल हौ,
जो सधै सहनशील छ..
तिमी त्यो खोला जस्तै हौ,
जो सधै पवित्र छ..
तिमी त्यो सुन्दर जङ्गल अनि पाखा हौ,
जो आफैमा रमाउने शक्ति छ..
म तिम्रो अन्जान भए पनि..
तिमी त्यो व्यक्ति हौ जो सँग मेरो सबथोक छ..
अनि भन के सग दाँजु म तिमिलाई ?????
✍️मिस इच्क्षा
भिमाद १,तनहुँ



