नागरिक तिमी !
यो शताब्दीमा पनि
आदिम जस्तै बलियोले
ठगिएर, लुटिएर, खोसिएर मर
तर
तिम्रो आवाज सुनिनु हुन्न सडकमा ।
हो हरेक शासकलाई,
नागरिक ! तिम्रो आवाज होइन,
चिहानको आवाज मन पर्छ
त्यसैले
ऊ सडकमा बन्दुक भिरेर आउँछ,
माइकिङ गर्छ “बन्द गर आवाज”
र
तिम्रो निर्धो रगत बगाएर फर्कन्छ
हो शासक उस्लाई,
नागरिक तिम्रो आवाज होइन
चिहानको आवाज मन पर्छ ।
✍️विष्णु ढकाल
कन्याम, इलाम


