नागरिक तिमी !
यो शताब्दीमा पनि
आदिम जस्तै बलियोले
ठगिएर, लुटिएर, खोसिएर मर
तर
तिम्रो आवाज सुनिनु हुन्न सडकमा ।
हो हरेक शासकलाई,
नागरिक ! तिम्रो आवाज होइन,
चिहानको आवाज मन पर्छ
त्यसैले
ऊ सडकमा बन्दुक भिरेर आउँछ,
माइकिङ गर्छ “बन्द गर आवाज”
र
तिम्रो निर्धो रगत बगाएर फर्कन्छ
हो शासक उस्लाई,
नागरिक तिम्रो आवाज होइन
चिहानको आवाज मन पर्छ ।
✍️विष्णु ढकाल
कन्याम, इलाम
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।