तिमीले देख्यौ
आज कति उज्यालो छ आकाश ?
हावा पनि छ अलिक मीठो,
फूलहरू खुलेका छन् मुस्कुराउँदै।
आज तिम्रो दिन हो, बहिनी ।
तिम्रा आँखा- सपना बोकेका निला आकाश,
तिम्रा पाइला- उज्यालोतिर हिँड्ने बाटो ।
तिमीले हाँस्दा,
पृथ्वीको सबै दुःख हलुका हुन्छ जस्तो लाग्छ ।
तिम्रो जीवनलाई आशिष् दिऊँ,
जुनले कहिल्यैँ अस्ताउन्न,
हावा, जुन र फूलहरूले
सधैं तिम्रो साथ दिऊन् ।
आज तिमीलाई हेर्दा
तिमी मात्र बहिनी होइन,
तिमी हाम्रो भविष्य हौ,
हाम्रो अटुट आत्मविश्वास ।
जन्मदिनको शुभकामना, बहिनी ।
तिम्रो हरेक दिन आजकै जस्तो सुन्दर रहोस् ।
✍️स्वस्तिका सिम्खडा
सङ्कलन: लक्ष्मी रिजाल
(साभार- रचयिताको पुरानो डायरी । उहाँ दिवङ्गत भइसक्नुभएको छ । लक्ष्मी रिजालको सम्पादनमा उहाँको “प्राणप्रतिष्ठा” लघुकथासङ्ग्रह २०८१ मा प्रकाशित छ ।)
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।