तिमीले देख्यौ
आज कति उज्यालो छ आकाश ?
हावा पनि छ अलिक मीठो,
फूलहरू खुलेका छन् मुस्कुराउँदै।
आज तिम्रो दिन हो, बहिनी ।
तिम्रा आँखा- सपना बोकेका निला आकाश,
तिम्रा पाइला- उज्यालोतिर हिँड्ने बाटो ।
तिमीले हाँस्दा,
पृथ्वीको सबै दुःख हलुका हुन्छ जस्तो लाग्छ ।
तिम्रो जीवनलाई आशिष् दिऊँ,
जुनले कहिल्यैँ अस्ताउन्न,
हावा, जुन र फूलहरूले
सधैं तिम्रो साथ दिऊन् ।
आज तिमीलाई हेर्दा
तिमी मात्र बहिनी होइन,
तिमी हाम्रो भविष्य हौ,
हाम्रो अटुट आत्मविश्वास ।
जन्मदिनको शुभकामना, बहिनी ।
तिम्रो हरेक दिन आजकै जस्तो सुन्दर रहोस् ।
✍️स्वस्तिका सिम्खडा
सङ्कलन: लक्ष्मी रिजाल
(साभार- रचयिताको पुरानो डायरी । उहाँ दिवङ्गत भइसक्नुभएको छ । लक्ष्मी रिजालको सम्पादनमा उहाँको “प्राणप्रतिष्ठा” लघुकथासङ्ग्रह २०८१ मा प्रकाशित छ ।)


