बनेर रक्षाकवच
मन्दिरको लिङ्गो बनायो
बिचरा सुपिलोले
बाँसको मुनालाई !
अहिले
बेकम्मा कहलिएर
खाइरहेको छ लात
बेसर्मी बतासको !
उसैगरी जोगाएर
बनाएका हौँ
हामीले पनि आफ्नो नेतृत्व !
शासनको शिरमा
पुऱ्याएपछि
उनीहरूकै घात
सहेर बाँच्नुपरेको छ हामीलाई !
ओहो !
हामी पनि त आखिर
सुपिलै बनाइएछौँ
बाँसको !
✍️नारायण खनाल नीलम्
अर्घाखाँची, नेपाल


