“सुजाता, स्कुलमा के सिक्यौ आज?”
आमा उनलाई माया गर्दै सोध्दै हुनुहुन्थ्यो ।
सुजाता मोबाइल खेल्नमै व्यस्त थिइन्। “कुनै खास कुरा छैन,” उनले बिनाध्यान जवाफ दिइन्।
दिनभरि मोबाइल खेलिरहेकी सुजातालाई देखेर आमा चिन्तित हुनुभयो ।
“छोरी, बाहिर खेल्न जाऊ । हेर त चराहरू कति मिठो गाइरहेका छन्!” आमाले भन्नुभयो ।
“मलाई मोबाइल खेल्न मनपर्छ, बाहिर जाँदिन ।” सुजाताले भनिन्।
त्यसपछि आमाले उनलाई एउटा सानो भिडियो देखाउनुभयो । भिडियोमा एउटा बच्चा खेल्न चाहन्थ्यो, तर उनकी आमा मोबाइलमै व्यस्त थिइन्। बच्चा उदास देखिन्थ्यो।
सुजाताले चुपचाप मोबाइल राखिन्। “आमा, अब म पनि बाहिर जान्छु,” उनले भनिन्।
त्यस दिनदेखि सुजाता फूल गन्ने, चराहरू हेर्ने र बाहिर खेल्ने रमाउने बनिन्।
अब उनले मोबाइलभन्दा बाहिरको संसार कति रमाइलो हुन्छ भन्ने बुझ्न थालेकी थिइन्।
०००
– नन्दलाल आचार्य
उदयपुर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।