“सुजाता, स्कुलमा के सिक्यौ आज?”
आमा उनलाई माया गर्दै सोध्दै हुनुहुन्थ्यो ।
सुजाता मोबाइल खेल्नमै व्यस्त थिइन्। “कुनै खास कुरा छैन,” उनले बिनाध्यान जवाफ दिइन्।
दिनभरि मोबाइल खेलिरहेकी सुजातालाई देखेर आमा चिन्तित हुनुभयो ।
“छोरी, बाहिर खेल्न जाऊ । हेर त चराहरू कति मिठो गाइरहेका छन्!” आमाले भन्नुभयो ।
“मलाई मोबाइल खेल्न मनपर्छ, बाहिर जाँदिन ।” सुजाताले भनिन्।
त्यसपछि आमाले उनलाई एउटा सानो भिडियो देखाउनुभयो । भिडियोमा एउटा बच्चा खेल्न चाहन्थ्यो, तर उनकी आमा मोबाइलमै व्यस्त थिइन्। बच्चा उदास देखिन्थ्यो।
सुजाताले चुपचाप मोबाइल राखिन्। “आमा, अब म पनि बाहिर जान्छु,” उनले भनिन्।
त्यस दिनदेखि सुजाता फूल गन्ने, चराहरू हेर्ने र बाहिर खेल्ने रमाउने बनिन्।
अब उनले मोबाइलभन्दा बाहिरको संसार कति रमाइलो हुन्छ भन्ने बुझ्न थालेकी थिइन्।
०००
– नन्दलाल आचार्य
उदयपुर



