कोही कोर्दै छ चित्र
कोहि केर्दै छ चरित्र
कोही देख्दै छ भविष्य
कोही लेख्दै छ भाग्य
कोही खोज्दै छ शब्द
कोही सोच्दै छ काव्य
कोही पोख्दै छ वेदना
कोही सोख्दै छ भुत
म आफ्नै कथा लेख्न नसक्ने
आफु भित्र पसेर आफैंलाई देख्न नसक्ने
म नाथे लेखक
सोर्है आना पागल लेखक
लेख्ने आँट एउटा,
लेख्छु केही
अनि लेख्दिन केही
नाङ्गो ताण्डव देखाएर
पारदर्शी पर्दा भित्र
ऐना भित्र पसेर अर्को संसार लेख्न नसक्ने
आफैंलाई देख्न नसक्ने
आफैंलाई लेख्न नसक्ने
एउटा विधुवाको चिसो ओछ्यान लेख्न नसक्ने
एउटा अनाथको भोको पेट लेख्न नसक्ने
एउटा बेरोजगारको तलब लेख्न नसक्ने
नोटको बिट्टा भित्र छिरेर घुस लेख्न नसक्ने
राजनेताको जुत्ता पुछेर कालो मोसो लेख्न नसक्ने
काँडाको बास्ना लेख्न नसक्ने
फुलको गन्ध लेख्न नसक्ने
हिमालको गर्मि लेख्न नसक्ने
पहाडको आंगन लेख्न नसक्ने
तराइको शीतल लेख्न नसक्ने
म आफ्नै कलमको कथा लेख्न नसक्ने
नाथे लेखक
मात्र
भमरा किरा फुल हावाको सम्भोग लेखेछु
त्यो भित्रको गन्हाउने सेचन लेखेछु
मैले आफ्नै मनको बेचैन लेखेछु
आफैं पुजारी बनेर
आफैंले पूजा गरेर
मैले आफ्नै मन्त्र लेखेछु
मैले आफ्नै नाभिको गन्द लेखेछु
लेख्नै नहुने सहवासको छन्द लेखेछु
मदिराको तालमा लट्ठ भएर अर्धबेहोसीमा
कुमारजी आज्ञा देखि इति श्री सम्म मन्द लेखेछु
लेखेछु कुमार जि आज्ञा गर्नु हुन्छ हे अगस्त्य मुनि
कहिले कुमार मुनि कहिले कुमारी मुनि
कुमारको कु र कुमारिको कु को अन्तर लेखेछु
सुन्नै नहुने कुमार कुमारिको मन्तर लेखेछु
साच्चिकै मैले छुट्टै अर्को मन्तर लेखेछु
लेखेछु कुमार कुमारिको खोपिको कथा
चिहाएर पर्दाबाट नियालेर अँध्यारोबाट
कुमार कुमारिको प्रेमालाप
कुमार कुमारिको लिला
कुमार कुमारिको नृत्य
लेखेछु लेख्दा लेख्दै वेहोशिएछु
म नाथे लेखक आज पनि चरम बिन्दुमा नपुगेरै
कलम भाचेछु।
✍️सुवास श्रेष्ठ
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।