म धोकेबाज हो की उनी, की ईश्वर तिमी ?
प्रेम मा त गहिराइ हुनु पर्ने, मर्छ किन रहर पनि ।
स्वयंलाई पापी भनौं की तिमीलाई ईश्वर,
मन सँग मिल्ने मनको मिल्दैन किन सहर ?
प्रथम भेट, प्रथम प्रेम पनि मृगतृष्णा जस्तै भए ।
सबै प्रेमीको प्रेम अटुट सीता राम जस्तै भए ।
तर मोह माया मा पर्छ नजर, मन यसै टुट्छ…,
मृग को तृष्णा उनीसँगै छ त, मन् अरूमा किन डुब्छ ?
किन ईश्वर ! जीवन त तिमीले रचेको होइन र !
कसरी पाप हुन्छ ? कसरी धर्म को नाश हुन्छ ?
कसरी पवित्र मान्छे को मन अभिशाप हुन्छ ?
कसरी खुसी जति सब अधर्मी को पास हुन्छ ?
कसरी मन टुट्छ त ?
एक मृगतृष्णा प्रेम को, अर्को भोग अभिलाषको
एक नजर एकमै नबस्ने कस्तो कालिको श्राप हो ?
✍️मुक्तिनाथ काफ्ले
निजलागुरी, चिराङ, असम, भारत।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।