म धोकेबाज हो की उनी, की ईश्वर तिमी ?
प्रेम मा त गहिराइ हुनु पर्ने, मर्छ किन रहर पनि ।
स्वयंलाई पापी भनौं की तिमीलाई ईश्वर,
मन सँग मिल्ने मनको मिल्दैन किन सहर ?
प्रथम भेट, प्रथम प्रेम पनि मृगतृष्णा जस्तै भए ।
सबै प्रेमीको प्रेम अटुट सीता राम जस्तै भए ।
तर मोह माया मा पर्छ नजर, मन यसै टुट्छ…,
मृग को तृष्णा उनीसँगै छ त, मन् अरूमा किन डुब्छ ?
किन ईश्वर ! जीवन त तिमीले रचेको होइन र !
कसरी पाप हुन्छ ? कसरी धर्म को नाश हुन्छ ?
कसरी पवित्र मान्छे को मन अभिशाप हुन्छ ?
कसरी खुसी जति सब अधर्मी को पास हुन्छ ?
कसरी मन टुट्छ त ?
एक मृगतृष्णा प्रेम को, अर्को भोग अभिलाषको
एक नजर एकमै नबस्ने कस्तो कालिको श्राप हो ?
✍️मुक्तिनाथ काफ्ले
निजलागुरी, चिराङ, असम, भारत।




