ढुकढुकी बाँकी छँदै
मिल्कायो आमालाई चिहानमा / ब्रह्मनाल
छोरा घर फर्कियो र,
उसले महँगो भोजनालयमा भोज दियो ।
पछि कसैले सुनाइदियो
कुनै महँगो सहरको महँगो ठाउँमा
आमाको नाममा भएको
छ आना, चारदाम जग्गाको बारेमा—
ऊ रूँदै कराउंदै
पुग्यो नदी किनार—
सबैले सोचे “आमाको माया हो
ब्रह्मनालमा छट्पटाइरहेकी
आमाको हातको बुढीऔँला काट्यो र फर्कियो
केवल उसलाई यहीँ बुढी औँलाको
एकछाप खाँचो थियो !”
✍️जीवन आचार्य



