म एउटा मृत शरीर, केही मलामी खाेजिरहेकाे छु,
मेराे लास बाँधिएको खट उसकाे काँधमा पराेस्
ऊ एकाेहाेराे शंख फुक्दै मेराे घाट तर्फ बढाेस्
घरिघरि हतारमा लाभा र सिक्का छराेस्
रामनाम जप्दै मलिन मुहारले मलाइ सम्झियाेस्
म मृत शरीर, केही मलामी खाेजिरहेकाे छु।।
मेरा मलामी उम्मेदवारहरु व्यस्त छन्,
उनीहरुलाइ हतार छ, हताश छ, जीउनु मात्रै छ उनीहरुलाई
उनीहरु मेराे लास चिता नचढी बहान चढ्छन्
भेट्नु छ उनीहरुलाई अजम्बरी आयु,
राख्नु छ कैद गरेर दिर्घजीवन।
बस्नु छैन मेराे लासकाे अन्तिम यात्राकाे साक्षी
म केही मलामी खाेजिरहेकाे छु।
म चाहन्छु मेराे चिता दहनकाे साक्षी बनाेस् मेराे मलामी
मेराे चितामा दाउरा थपाेस् मेराे मलामी
म अग्नीले दहन भइरहँदा उसँगकाे विगतले भक्कानियाेस्
घरि मेराे चिता हेराेस्, घरि पर क्षितिज हेर्दै टाेलाओस्
मेरा चिताकाे खरानी पखाली आफूलाई पखालाेस्
म मृत शरीर, केही मलामी खाेजिरहेकाे छु।
अक्सर मानिस व्यस्त छ,
ऊ मृत्यु जित्ने दाैडमा छ
ऊ चिरञ्जीवी हुन चाहन्छ
अनन्त आयुकाे कामना गर्छ
तर
म मृत शरीर, केही खेताला मलामी खाेजिरेकाे छु
केही खेताला मलामी खाेजिरहेकाे छु।।
– विनय इलामेली
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।