“कसैले मलाई साथ सहयोग दिदैन मलाई मात्र केको कर । म पनि जाँदैन कसैको हालचाल सोध्न, सहयोग गर्न मेरा आफ्ना थुप्रै मित्रहरू छन्।”
रामुलाई कालेको त्यो कुरा झलझली सम्झना भयो। त्यो वेला रामु धेरै बिमार थियो।
आज केही दिनबाट काले बिमार छ भन्ने कुरा छिमेकीबाट रामुले सुन्यो । सुन्दा दुःख त लाग्यो तर जान मनले मानेको छैन्। दोधारमा परेको छ।
“होइन उसले भन्यो भन्दैमा आफूले किन गल्ती गर्ने बिचरा बिमार छ भन्ने सुन्दासुन्दै पनि एक पटक त्यहाँ गएर आउँनुपर्छ ।”-रामुले मनमनै भन्यो र ऊ कालुका घरतिर लाग्यो।
” अंहह -अंहह पानी -पानी’ ऊ कराइरहेथ्यो खाटमा पल्टिएको थियो । उसको आसपास कोहीपनि थिएनन्।
“मलाई माफ गर भाई ! म समयमा आउँन सकिन ।”-रामुले पानी दिँदै भन्यो र उसको निधार छाम्यो। ऊ ज्वरोले पुत्ताएको थियो।
“गल्ती हजुरको होइन म आफैंमा मेरा आफन्तीहरूको घमण्ड थियो। त्यसैको परिणाम हो यो।”- काले भावुक हुँदै भन्यो।
रामुले कालेलाई अस्पताल पुऱ्यायो ।
– सुरेशकुमार पाण्डे
दाङ घोराही १८
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।