“ऐया ….. मामु मलाई त माहुरीले टोक्यो, कस्तरी पोल्यो, आत्थाथा, ऐया……” सूचना रूँदै चिच्याउँदै आमा भएको ठाउँमा पुगिन् ।
“खै खै कहाँ टोक्यो ? देखाऊ त !”
सूचनाले सुँक्कसुँक्क गर्दै दायाँ हात देखाइन् । माहुरीले टोकेको हात हेर्दै आमाले फेरि भनिन्,
“छोरी तिमीले माहुरीलाई चलायौ कि ! त्यत्तिकै त माहुरीले नटोक्नुपर्ने त !”
“माहूरीले खुट्टामा के बोकेर ल्याइराखेको र’छ । अनि समातेर हेर्न आँटेको थें …..”
“ए ए, त्यसरी अरूले आफ्नो काम खुरूखुरू गरिरहेको बेला बिना बित्थामा चलाउनु हुन्न नि त छोरी ।” आमाले सम्झाउँदै भनिन् ।
“मैले चलाएको हैन क्या मामु, हेर्न मात्रै खोजेको ।”
“अनि माहुरीलाई के थाहा त बिचरा ! उसले बुझ्दैन नि त ।”
“मैले भनेको थें क्या मामु, म तिमीलाई केही गर्दिनँ, हेर्छु मात्रै भनेर ।”
“हा हा हा, सूचना माहुरीले हाम्रो भाषा काँ बुझ्छ त !” आमा घतले पेट मिचिमिचि हाँसिन् ।
सूचना, आमा मजाले हाँसेको हेरेर छक्क परिन् । उनको बालमष्तिष्कले कति कुरा बुझ्न सकेन ।
आमाले सम्झाउँदै भनिन्, “तिमीले गृहकार्य गरिरहेको बेला कसैले तिम्रो कापी खोसिदिने, पेन्सिल खोसिदिने गर्यो भने तिमी के गर्छ्यौ छोरी भन त ?”
“म त हान्दिन्छु … खितितिति ….” सूचना थोते गिजा देखाउँदै हाँसिन् ।
“हो, त्यही भएर हामीले काम गरिरहेका कसैलाई पनि अनावश्यक डिस्टर्ब गर्नुहुँदैन । बरू सकेको सहयोग गर्नुपर्छ, बुझ्यौ ?”
“बुझें मामु बुझें ।”
“मेरी ज्ञानी छोरी, स्याबास्”
– कुमार काफ्ले
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।