Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

गजल श्रृङ्खला: ३९ | हाम्रो कथाघर

चैत्र १०, २०८२

मुक्तक श्रृङ्खला: ५९ | हाम्रो कथाघर

चैत्र १०, २०८२

कविता : क्रान्ति | भूमिका गैरे तिमिल्सिना | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : जिब्रो | दूरगामी माइला | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : खुट्टा | कला ढकाल | हाम्रो कथाघर

चैत्र ६, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » होली विशेष बालकथा- रङहरूको उत्सव

होली विशेष बालकथा- रङहरूको उत्सव

बाल कथा
नन्दलाल आचार्यनन्दलाल आचार्यफाल्गुन २९, २०८१218 Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

निपनिया गाउँ आज रङ्गिन देखिन्थ्यो। ढोकाहरूमा तोरण टाँगिएका थिए, आँगनहरूमा अलिक अगाडि नै रङ घोलिएको थियो। गाउँका बालबालिकाहरू हर्षोल्लासले होली खेल्न आतुर थिए।

त्यस गाउँमा सुष्मा नामकी बालिका बस्थिन्। उनी अध्ययनशील थिइन्, समाजसेवामा रुचि राख्थिन्। उनका साथीहरू होली आउनुअघि नै रङ, पिचकारी र अबिर किन्ने तयारी गर्दै थिए। तर, सुष्माको मनमा अर्कै कुरा थियो।

एक दिन विद्यालयमा शिक्षकले होलीको महत्त्व बुझाउँदै भन्नुभयो, “होली रंगको मात्र होइन, समानता, सद्भाव र मित्रताको पनि उत्सव हो।” त्यो सुनेर सुष्माले निर्णय गरिन्- यसपालि होलीलाई अझ अर्थपूर्ण बनाउनेछु।

+++

सुष्माको घरभन्दा अलि पर सीता दिदीको घर थियो। उनी एकल आमाको छोरी थिइन्। उनकी आमा सुशीला गाउँका धनी घरमा काम गर्थिन्। आर्थिक अवस्था कमजोर भएकाले सीतालाई होली खेल्नका लागि रङ किन्ने पैसा थिएन।

एक साँझ सुष्माले आमासँग भनिन्, “आमा, यसपालिको होली हामी फरक रूपमा मनाउँछौँ।”

“कसरी?” आमाले सोध्नुभयो।

“हामी गरिब बालबालिकालाई पनि होली खेल्न मौका दिन्छौँ। उनीहरूका लागि रङ र अबिर जुटाउँछौँ।”

आमाले सुष्मालाई अँगालो हालेर भन्नुभयो, “यो त धेरै राम्रो सोच हो, छोरी।”

+++

अर्को दिन सुष्माले आफ्ना साथीहरू अनिल, रविन, कविता र सपना भेला गरिन्। उनीहरूलाई आफ्नो योजना सुनाइन्, “हामीले ल्याउने रङमध्ये आधा सीता दिदीहरू जस्तै बालबालिकालाई दिने हो।”

साथीहरू खुशीले राजी भए। सबै मिलेर आफ्नो खल्ती खर्चबाट केही पैसा निकालेर रंग किन्ने निधो गरे।

त्यसपछि, उनीहरू गाउँका अन्य घरमा गएर आग्रह गरे- “यसपालि होली सबैका लागि समान बनाऔँ।” धेरैले उनीहरूको कुरा माने। कसैले रङ दिए, कसैले अबिर, कसैले पुराना पिचकारी। यसरी केही दिनमै सुष्मा र उनका साथीहरूले पर्याप्त सामग्री जुटाए।

+++

होलीको बिहान आयो। निपनिया गाउँको चौतारोमा बालबालिकाहरू जम्मा भए। सुष्मा र उनका साथीहरूले पहिले सीता र उनका साथीहरूलाई रङ लगाए। सीता निकै खुशी भइन्।

“आज पहिलो पटक म पनि होली खेल्दैछु।” सीताले उत्साहित हुँदै भनिन्।

सबै बालबालिकाले मिलेर एकअर्कालाई रङ लगाए। धनी-गरिब, ठूलो-सानो छुट्याइएन। सबै रङ्गिन भए।

सुष्माका शिक्षकहरू पनि आइपुगे। त्यो दृश्य देखेर शिक्षक रामेश्वर राउतले मुस्कुराउँदै भने, “यो होली साँच्चै प्रगतिशील भयो।”

त्यस दिन निपनिया गाउँमा रङ मात्र होइन, समानताको उत्सव पनि मनाइएको मूल्याङ्कन गर्दै सुष्माका प्रधानाध्यापक वीरेन्द्र यादवले भने, “रङहरू त पानीले मेटिन्छन्, तर आत्मीयताको रङ कहिल्यै फिका हुँदैन।”
०००
२०८१ फाल्गुन २५ गते
श्री जनता माध्यमिक विद्यालय, गोलबजार -४, सिरहा

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

नन्दलाल आचार्य बालकथा रङहरूको उत्सव

यो पनि पढ्नुहोस्...

बाल कविता : संसार उसकै, अमिताभ जो छ | विष्णु ढकाल | हाम्रो कथाघर

बाल-उपन्यास: अद्भूत विवाह | नन्दलाल आचार्य | हाम्रो कथाघर

बाल-उपन्यास: अद्भूत विवाह | हाम्रो कथाघर

बाल-उपन्यास: अद्भूत विवाह | हाम्रो कथाघर

बाल-उपन्यास: अद्भूत विवाह अध्याय: ४

बाल लोककथा: नयाँ युगको सुरुवात | हाम्रो कथाघर

Leave A Reply Cancel Reply

♈ दैनिक राशिफल ♎

विशेष

सुबिन भट्टराईको कथासङ्ग्रह ‘चमेलीको फूल बैजनी रुमाल’ पढेपछि

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २४

बाल-उपन्यास: अद्भूत विवाह | हाम्रो कथाघर

पुस्तक समीक्षा: “अमेरिकाको घाम” लाई नजिकबाट नियाल्दा | हाम्रो कथाघर

भर्खरै

गजल श्रृङ्खला: ३९ | हाम्रो कथाघर

चैत्र १०, २०८२

मुक्तक श्रृङ्खला: ५९ | हाम्रो कथाघर

चैत्र १०, २०८२

कविता : क्रान्ति | भूमिका गैरे तिमिल्सिना | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : जिब्रो | दूरगामी माइला | हाम्रो कथाघर

चैत्र ६, २०८२

कविता : खुट्टा | कला ढकाल | हाम्रो कथाघर

चैत्र ६, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.