आज मैले रातो भाले छोपेको छु आमा
सर्ट पाइन्ट लगाइदिउँ कि लगाइदिउँ जामा
सुहाउला कि मेरै टोपी बाको टोपी मिल्ला
चिरीच्याट्ट देखिएला कि देखिएला बिल्ला
मेरो चाचा मिले भने सबले माया गर्लान्
अचम्मित बन्लान् कोही कोही रल्ल पर्लान्
आज…..
कति राम्रो कल्की यसको सगरमाथा जस्तो
प्वाँख हेर झनै राम्रा ठान्नु हुन्न सस्तो
समयको जानकारी यसैबाट लिन्छु
चारो खान खोज्यो भने रोजी रोजी दिन्छु
आज …..
सुताउँछु सँगसँगै निरास बन्न दिन्न
भाले मेरो साथी हो नबुझ्नु है भिन्न
मलाई जस्तै नयाँ चाचा यसलाई किन्दिनु है
एउटा राम्रो पोथी खोजी बिहे गर्दिनु है
आज …..
✍️नारायण खनाल ‘नीलम’
अर्घाखाँची
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।