म मानव हुँ, अहमयुक्त प्राणी।
म’मा अहम् छ कि म मानव हुँ?
म’मा अहम् छ कि म प्राणीहरू मध्ये विवेकशील प्राणी,
यदि म’मा अहम् नभएको भए, म के हुन्थे?
के म सोचिरहेको हुन्थे कि के सही हो र के गलत?
भगवान बुद्धले “दुःख छ” भनेर खोज्नु पनि एउटा अहम् हो।
हामी पूजा गर्छौं दुःखबाट छुटकारा पाउन, यो पनि अहम् हो।
हामी येशूले “प्रेम गर” भनेकाले पूजा गर्छौं कि अप्रेमबाट मुक्त हुन नसकेर?
महावीरको पूजा गर्छौं, अहिंसा गर्नुपर्छ भनेर।
के हामी महावीरको पूजा हिंसाबाट मुक्त हुन नसकेर गर्छौं?
म बुझ्छु,
सम्पूर्ण मानिस येशू, गौतम बुद्ध वा महावीर हुन सक्दैनन्।
तर, के त्यो हुनु आवश्यक छ त?
अवश्य पनि छैन।
यदि मानिसले मानव भएर मानवता पालेको छ भने,
हामीले येशू, गौतम बुद्ध र महावीरलाई सुन्नु पर्छ, तर तिनीहरूजस्तै बन्नु आवश्यक छैन।
मानिसमा प्रेम, करुणा, दया, अहिंसा हुनु आवश्यक छ
यदि यस्तो भएन भने, मानवको अहम् समाप्त हुन्छ
म मान्छु, हामी मानवको अहम् बुझ्नुपर्छ
उसको बानी, व्यवहार, क्रोध, माया र ध्यान
मानिसले आफ्नो अहम् बुझ्नुपर्छ र यसलाई गलत बाटोमा बग्न दिनु हुँदैन।
मानवमा मानवताको अहम् हुनु पर्छ,
न कि केवल “मानव भएको” अहम्।
– अमृत पन्थी
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।