म मानव हुँ, अहमयुक्त प्राणी।
म’मा अहम् छ कि म मानव हुँ?
म’मा अहम् छ कि म प्राणीहरू मध्ये विवेकशील प्राणी,
यदि म’मा अहम् नभएको भए, म के हुन्थे?
के म सोचिरहेको हुन्थे कि के सही हो र के गलत?
भगवान बुद्धले “दुःख छ” भनेर खोज्नु पनि एउटा अहम् हो।
हामी पूजा गर्छौं दुःखबाट छुटकारा पाउन, यो पनि अहम् हो।
हामी येशूले “प्रेम गर” भनेकाले पूजा गर्छौं कि अप्रेमबाट मुक्त हुन नसकेर?
महावीरको पूजा गर्छौं, अहिंसा गर्नुपर्छ भनेर।
के हामी महावीरको पूजा हिंसाबाट मुक्त हुन नसकेर गर्छौं?
म बुझ्छु,
सम्पूर्ण मानिस येशू, गौतम बुद्ध वा महावीर हुन सक्दैनन्।
तर, के त्यो हुनु आवश्यक छ त?
अवश्य पनि छैन।
यदि मानिसले मानव भएर मानवता पालेको छ भने,
हामीले येशू, गौतम बुद्ध र महावीरलाई सुन्नु पर्छ, तर तिनीहरूजस्तै बन्नु आवश्यक छैन।
मानिसमा प्रेम, करुणा, दया, अहिंसा हुनु आवश्यक छ
यदि यस्तो भएन भने, मानवको अहम् समाप्त हुन्छ
म मान्छु, हामी मानवको अहम् बुझ्नुपर्छ
उसको बानी, व्यवहार, क्रोध, माया र ध्यान
मानिसले आफ्नो अहम् बुझ्नुपर्छ र यसलाई गलत बाटोमा बग्न दिनु हुँदैन।
मानवमा मानवताको अहम् हुनु पर्छ,
न कि केवल “मानव भएको” अहम्।
– अमृत पन्थी




