जब तिमीले मेरो अनुहारतिर हेर्छौ
म लाजले निहुरिन्छु
फेरि म निहुरी निहुरी तिमी तिरै हेर्छु ।
आजभोलि तिमी मेरो मनको
सुन्दर झरना बनेका छौ
झरनासँगैका मायाका सुगन्धहरुले
न्यानो बनेको छ मेरो जिन्दगी ।
जति पिए पनि मन नभरिने
हरपल सपनिमा आउने तिमी
प्रेमका मीठा मीठा तृष्णा बोकी
म तिम्रै बाटो सँग
मीठो खुसीमा हराएकी छु ।
किन किन
हरेक क्षण यो आँखाले तिमी मात्र देख्छु
मुटुभरी माया र निश्चल मन बोकेर
नदी झैँ बगिरहेछु
तिम्रो अडिग विस्वास
र तिम्रो सुमधुर मायामा ।


