उसको पनि
जिन्दगी हो
बिचरा हो
यसै भन्न सकिन्न
मलाई
देख्नेबित्तिकै मान्छेहरूले घेरेर
रमाइलो गरुन् हुन्छ
तर त्यसो गर्दैनन्
सुकरातलाई जस्तो सडकभरि घुमाएर
गिल्ला पनि गर्दैनन्
दलित्र भइएन्छ
छोइएपनि शिउ शिउ भनुन्
छेँडा र गौँडाको अनौठो ढुङगा भइएन्छ
नत्र देवता बनाउँथे होलान्
तिखार्नचाहिँ तिखार्नु पर्छ
फालेपनि गोबिन्छ
उस्को पनि जिन्दगी हो भन्दैनन्
शहर किनारको खोला पनि भएन्छु
मान्छे चोबिन आइपुग्थे
इतिहासले ट्वाइलेट गरेको गौँडो भइएछ
त्यस्तो खौलो भइएछ
भएनभएको पानी बगेर जम्न आइपुग्छ
बरू हिरण्यकश्यपुले झैँ पृथ्वी चोरेर
समुन्द्रमा छिपाउन पर्ला !
एउटा उपद्रो ब्युँझेको छ।


