मान्छेले शब्दकोशमा –
जन्माए अगणितीय शब्दहरू
र बनाए वाक्यहरू
गरे प्रयोग – संकेत, चिन्ह र भाषाहरू
कुनै कठिन / कुनै सरल
असल पनि / खराब पनि
कति प्रिय / कति घृणित
कुनै युगमा
मान्छेले जन्मायो
नौलो शब्द ‘प्रेम’
त्यसपछि
मान्छे मान्छेमा फैलियो
एउटा तरँग
र एउटा आकर्षण
त्यो अहिले
परिणत भएको छ
उत्सवमा।
०००
खोटाङ


