लेख्न त मन थियो
तिम्रो नाममा लाखौँ प्रेमपत्र
लेखेर मात्र के गर्नु
तिमीलाई दिने आँट नभएपछि
लेख्न त लेखेँ
तिम्रो नाममा प्रेमपत्र सपनीमा
तिम्रो अनुहार
आफ्नै नजरले कोरेँ मुटुमा
तर
तिम्रो सामु देखाउने हिम्मतनै आएन
आजभोलि छचल्किन्छ मन मेरो
लेख्दैछु पन्ना पन्नामा
प्रेमील शब्दहरूले भरिएका किताब
तिम्रो हातमा पर्यो भने
अवस्य पढ्नु
र दिनु तिम्रो जवाफ
लेखिएका शब्दहरू
सँगसँगै रमाउनु
प्रेमको रसमा डुब्दै
भन्नु मलाई पागल प्रेमी
सम्झनु मलाई प्रेमको शब्द शब्दमा
लेख्न त मन छ
हृदयका पत्र खोलेर
देखाउँन मन छ
तिमीलाई साँचेको माया
कृपया ,पठाऊ तिम्रो सुन्दर हस्ताक्षर।


