लेख्न त मन थियो
तिम्रो नाममा लाखौँ प्रेमपत्र
लेखेर मात्र के गर्नु
तिमीलाई दिने आँट नभएपछि
लेख्न त लेखेँ
तिम्रो नाममा प्रेमपत्र सपनीमा
तिम्रो अनुहार
आफ्नै नजरले कोरेँ मुटुमा
तर
तिम्रो सामु देखाउने हिम्मतनै आएन
आजभोलि छचल्किन्छ मन मेरो
लेख्दैछु पन्ना पन्नामा
प्रेमील शब्दहरूले भरिएका किताब
तिम्रो हातमा पर्यो भने
अवस्य पढ्नु
र दिनु तिम्रो जवाफ
लेखिएका शब्दहरू
सँगसँगै रमाउनु
प्रेमको रसमा डुब्दै
भन्नु मलाई पागल प्रेमी
सम्झनु मलाई प्रेमको शब्द शब्दमा
लेख्न त मन छ
हृदयका पत्र खोलेर
देखाउँन मन छ
तिमीलाई साँचेको माया
कृपया ,पठाऊ तिम्रो सुन्दर हस्ताक्षर।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।