मलाई
कुनै दिन सुन्दर लाग्दथ्यो
तिम्रो त्यो मुहार
आजकल
सबैभन्दा धेरै कुरुप लाग्छ
त्यही अनुहार
बिस्तारै खस्किँदै गए
अनुहारबाट- शालीनता
हृदयबाट- संवेदनशीलता
व्यवहारबाट- आत्मीयता
भत्किँदै गए
आस्थाका- धरोहर
भरोसाको- पुल
विश्वासका- पर्खालहरू
बिस्तारै पखालिँदै गए
अनुहारबाट कृत्रिम रङ
समयसँगै खुइलिँदै गए
चरित्रका आवरण
साँगुरिँदै गए-
सम्बन्धका आयाम
र मेटिँदै गए-
स्मृतिका पानाबाट
बालुवामा कुँदेका
सुन्दर डोबहरू।
✤✤✤
हेटौंडा
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।