मलाई
कुनै दिन सुन्दर लाग्दथ्यो
तिम्रो त्यो मुहार
आजकल
सबैभन्दा धेरै कुरुप लाग्छ
त्यही अनुहार
बिस्तारै खस्किँदै गए
अनुहारबाट- शालीनता
हृदयबाट- संवेदनशीलता
व्यवहारबाट- आत्मीयता
भत्किँदै गए
आस्थाका- धरोहर
भरोसाको- पुल
विश्वासका- पर्खालहरू
बिस्तारै पखालिँदै गए
अनुहारबाट कृत्रिम रङ
समयसँगै खुइलिँदै गए
चरित्रका आवरण
साँगुरिँदै गए-
सम्बन्धका आयाम
र मेटिँदै गए-
स्मृतिका पानाबाट
बालुवामा कुँदेका
सुन्दर डोबहरू।
✤✤✤
हेटौंडा



