Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

लघुकथामा एक प्रयोग – अङ्क: १२ | हाम्रो कथाघर

साउन १८, २०८२

कविता: लुतो | हाम्रो कथाघर

साउन १५, २०८२

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १२

साउन १५, २०८२

नन्दलाल आचार्यको ‘शल्यक्रिया’को सांस्कृतिक विमोचन | हाम्रो कथाघर

साउन १३, २०८२

निबन्धात्मक लेख: साउन र हरियो रङ | हाम्रो कथाघर

साउन १२, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कथा: अधुरो प्रेम!

कथा: अधुरो प्रेम!

आख्यान - कथा
सुशील लामासुशील लामाफाल्गुन ५, २०८१1K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

ओहो!
बाह्र वर्ष भइसकेछ।
मेरो जिन्दगीमा बग्ने प्रेम नदी भंगालो बनेर आफ्नै बाटो बनाएर टाढिएको पनि । छोटो समय पनि त होइन त्यत्तिका धेरै वर्षहरू बित्नु भनेको। एउटा युग बनाउने समय हो।
अझै पनि एउटा सानो आशा बोकेर बाँचिरहेको छु। विरहले छोपेको साँझहरूमा एउटा लोकप्रिय उखान याद आउँछ। ‘बाह्र वर्षमा त खोला पनि उभो फर्कन्छ।’ कसैले बनाएको यही उखान सहारा बनेको छ मेरो लागी आजभोलि। कहिले पनि पूरा नहुने आशाको। ओईलीएर भुइँमा झरेर कहिल्यै नबौरिने गुलाफको फुल जस्तो।

खोला फर्कियो वा फर्किएन भन्ने कुरा किनारा र बगरलाई थाहा होला। खोला पनि बगेर नदी बन्यो होला, नदी सागर-महासागर हुँदै बादल बनी आकाश चुमेर फेरि झरीको रूप लिएर खोला बन्यो होला। तर तिमी कहिले फर्किने? सायद अब फर्किन्नौ होला। यो जुनीमा मेरो मनको आकाशमा बादल बनेर झरी बन्दै बर्सिन।
फर्कन सक्ने दोबाटोहरूमा परिबन्धले तगारो लगाइसकेको छ। कसरी फर्किन्छौ तिमी? खैर ठिकै छु, तिमीलाई पनि कुशलताको साथसाथै उन्नति-प्रगतिको लागि भव्य शुभकामना छ।

जीर्ण मुटु बोकेर बाँच्ने कोसिस गर्दैछु। मुटुको एउटा कोठा अझैं खाली छ। कतै तिमी झुक्किएर डेरा खोज्न आउछ्यौ कि भनेर। कोरा कल्पनामात्रै हो। पाईन्छ होला नि कल्पना गर्न? कल्पना गरी कल्पनामै रमाउन। नजानु पर्ने थियो। तर गयौ। किन गयौ? कसरी गयौ भनेर अब कारण खोज्ने दुस्साहस गर्दिनँ। तिमी मबाट टाढा रहेर खुसी छौ भने म पनी राजी छु। जुन कुराले तिमीलाई सधैं खुसी राख्छ। जब तिमी मबाट टाढा धेरै टाढा बनेर गयौ। मलाई पैतालामा गडेको वर्षौं पुरानो खिललाई जसरी निकाल्यौ। आफू एक्लै आनन्दको राजमार्ग तयार गरेर गयौ। मेरो मन र जिन्दगीलाई एक्लो पारेर प्रेमलाई नाफा र घाटाको नमिल्ने खेल खेल्ने मनासायले मेरो परिस्थिति तिमीलाई सुनाइहेको होइन। त्यसलै मनको कुरा तिमीलाई पोखेको पनि होइन। तिमी मेरो वर्तमान नभए पनि नमिठोसँग विघटन भएको तीतो विगत पक्कै पनि हौ। सायद तिमीले पनि यो कुरालाई नकार्न सक्दिनौ होला।

संयोगले जुराएको थियो हामीलाई। संयोग तिम्रो र मेरो जीवनमा एउटा मेला बनेर आयो। उतै हाम्रैतिर मनाउने बुद्ध पूर्णिमामा लाग्ने देउराली डाँडाको मेलाझैं।
म मेलामा गएको थिएँ। तिमी पनि त्यहाँ रहेछौ। बिना योजनाको अनौपचारिक भेटले कसरी एकअर्कासँग बोल्न बाध्य बनायो हामीलाई? पछि हामी मिल्ने साथी बन्यौं। त्यसभन्दा पछि नजिकको साथी त्यसपछि, के के…आजभोलि सम्झेर आउँदा पनि उदेक लाग्छ। सपना जस्तै लाग्छ।

नसम्झौं भन्छु। अदृश्य चुलबुले अस्थिर मन कति खेर कता-कता पुगेर के-के तहल्का मच्चाउँछ। के-के सम्झेर ल्याउँछ। व्यक्त गर्न मुश्किल हुन्छ। तिम्रो र मेरो घर वल्लो-पल्लो गाउँमा रहेछ। तर पनि हाम्रो भेट कहिल्यै पनि भएको रहेनछ। हाम्रो साइनो छिमेकी गाउँले गर्दा बनेको थियो। हामी समयको गतिसँगै हुत्तेर कता-कता पुग्यौं। के-के गर्छु भनेर कसम खाएँ। कल्पनाको सुन्दर संसारमा थुप्रै पटक तीता-मीठा सपनाहरू सजाए। कति सपना त कीरा लागेर खसेको फल झैं फ्यात्त भुइँमा झरे। झरेर कुहिएको फल झैं, तिम्रो र मेरो प्रेम आधा बाटोमै बिचल्ली भएको अधुरो प्रेम जस्तै।

याद छ तिमीले र मैले बा-आमालाई छक्काएर क्याम्पसबाट शैक्षिक भ्रमणको लागि भनी पोखरा गई बिताएको अविस्मरणीय पलहरू। फेवाताल, काठको पुरानो डुङ्गा अनि पुरानो डुङ्गा खियाउने जिन्दगीले पुरानो बनाएको नयाँ-नयाँ कुरा गर्ने गुरुङसेनी बुढीआमा। बुढी आमाले जिस्केर दुलहा-दुलही हो नानीहरू भनेर सोध्दा तिमी लाजले भुतुक्कै भएको क्षण। हामी दुवै जना बराबरीमा उभिएर तालबाराही मन्दिरको दर्शन गरी गरेको प्रतिज्ञा। खोइ कता पुग्यो हाम्रा त्यो प्रतिज्ञा!
चमेरो गुफाभित्र जाँदा तिमी डराएर मलाई च्याप्प समातेको पल याद छ। महेन्द्र गुफा मित्र जाँदा डराएर आधा बाटोबाटै फर्केको क्षण। आजभोलि एक्लो हुँदै गएको जिन्दगीमा एक्लै रमाउने कुरा बनेको छ। मिठो खुराक बनेको छ।

याद छ तिमी कति डराएकी थियौ डेबिड फल्स छेउमा पुग्दा।
यसरी तिमी मेरो जिन्दगीको पहाडमा अवस्थित भरोसाको छाँगाबाट बिछोडको डेबिट बनेर हाम नफाल्नु है’ भनेको कुरा याद आउँछ तिमीलाई? तिम्रो र मेरो बारेमा यति धेरै कुरा बोल्दै गर्दा तिम्रो परिचयलाई गोप्य राखेको छु। अविश्वसनीय फितलो कारणलाई अघि सारेर हाम्रो प्रगाढ प्रेमलाई दिनदहाडै मृत्युको उपहार दियौ। तिम्रो आफ्नै भनाउँदो नजिकको चिरपरिचित शुभचिन्तक हरूलाई साक्षी राखेर।
जिन्दगीको आधा बाटोमा रगताम्मे भएर ढलेको तिम्रो र मेरो प्रेमको पार्थिव शवलाई तिम्रै आफ्नाहरूले मात्रै उठाएको मुचुल्काको साथ लाम लागेर मलामी बने। दहासंस्कार गरे। दहासंस्कार गरेर दिएको नमिठो उपहारलाई विवश बनेर स्वीकार्नु बाहेकको विकल्प रहेन मसँग।

समकालीन राजनीतिको बाछिटाले भिजेको तिम्रो परिवारको कोही सदस्यको आडमा मेरो कोमल हृदयलाई पटकपटक चोट दियौ। प्रेमलाई धन-दौलतको तुलामा राखेर जोख्यौं।
हाम्रो प्रेमको तौल बराबरी भए पनि धन-दौलतको तौल बराबरी हुन सकेन। बराबरी हुनुपर्ने थियो तर भएन। त्यसपछिको परिणाम भन्न जरूरी ठानिनँ। बरू सहेँ। सहनु नै धर्म हो भनी ठानेर। अदृश्य मनलाई निको नहुने रोग भिडाएर बाँचें। रूँदै हाँसें, हाँस्दै रोएँ। केवल तिम्रो लागि।
रातो मान्छेको सङ्गतको साथ आर्थिक क्रान्तिको छलाङ मारेको तिम्रो नव धनाढ्य कुलिन परिवारको साख नगिराउने ध्ययले तिम्रो सुन्दर नाम मेन्सन नगरेको हो।
तिम्रो गाउँको देउरालीमा आएर तिम्रो नाउको प्रेम गीत गुनगुनाउँदै पागल प्रेमी बन्ने सोच नआएको पनि होइन। तर तिम्रो राजनीतिक रङ, साम र दामले पोतेको सुसज्जित परिवारले मानहानी मुद्दा दायर गर्लान अनि तिमी मेरो धृष्टताको कारण अप्ठ्यारोमा पर्ल्यौं भनेर कहिल्यै त्यस्तो गरिनँ। सुनेको छु आजभोलि तिम्रो बसाइँ शक्तिशाली देशको कुनै चर्चित सहरमा छ रे! मैले जिन्दगीमा कहिल्यै नभेटेको मलाई मन नपर्ने मान्छे मन पराएर उसैसँग खुसी भएर बसेकी छौ रे! खुसी रहनु सुन्दर परिवारको साथ। सुखी रहनु म बिनाको छुट्टै जिन्दगीको नयाँ अध्यायमा। भनी रहन जरूरत थिएन। र पनि तिमी छुटिसके पछिको मेरो जीवनको कुरा तिमीसँग साट्न कोसिस गरेँ।

कति सुनाउनु एक्लो भएर कहाली लागेका निष्पट रातहरूलाई। एक्लो तन र मनले साथ दिँदै गरेको खाली कोठाको फुङ्ग रङ उडेका उदास भित्ता। फुटेर चिराचिरा भएको ऐनामा देख्ने आफ्नै कुरूप अनुहारलाई।
त्यसैले अक्षरसँग मन गाँसेर मनलाई अक्षर बनाएर तिमीसम्म पुगोस् नै भनेर लेखी हेरेको।

तिमीसँग बिछोड भएपछिको तिमीबिनाका साँझ मदिरामय बन्न पुग्यो। मदिराको लतले तिमीलाई केही क्षण भए पनि भुल्न मद्दत गर्‍यो। तर मदिरा र कलेजोबीचमा परेको प्रेमलाई मै हुँ भन्ने डाक्टर सापले समेत छुट्याउन सक्दैन। औषधीहरू मेरो शरीरदेखि थाकेका छन्। हेपाटाइटिस-बी नामको सौगात पाएको छु मैले। डाक्टरले पनि मदिरादेखि टाढा रहनु भनेको छ। मदिरा नहुँदा निन्द्रा कोशौं टाढा भाग्छ। मदिरा र कलेजोको प्रेमको परिणाम। छोटो हुँदैछ रे मेरो यात्रा जिन्दगीको।

तिमीले चुमेको सुकोमल हातको औंलाहरू चुरोटको फिल्टरसँगको संगतले, निकोटिनको असरले पहेंलो भइसकेको छ। थाहा छैन बिना कारण किन आफैंलाई यी भावनाहरू सुनाउने दुस्साहस गर्दैछु। जुन कुराले न तिमीलाई फाइदा छ, न आफैंलाई। दुख्नु, दुखाइ सहनु, टुट्नु-फुट्नु अनि जुट्नु यस्तै-यस्तै क्रिया र प्रतिक्रियाको प्रक्रियालाई नै जिन्दगी भनिन्छ क्यारे।

मेरो भागमा दुखाइ सहनु रहेछ। दुखाइ सहेरै बचाएको छु रहस्यमय जिन्दगीलाई। तिम्रो भागमा दु:खका दुखाइ नसहनु रहेछ। फलस्वरूप नदुखाएर बचाउँदै छु अज्ञात जिन्दगीलाई।
मनको कुराहरू एकान्त रातलाई साक्षी राखेर सुनाउँदै गर्दा मलाई नसम्झनु। कायर-लाछी रहेछ भनेर। मैले चाहेको भए म पनि तिमी जस्तै मिङ्गल हुन सक्थेँ। तर त्यस्तो गर्न मनले दिएन। यदि तिमी जस्तै म पनि सिङ्गलबाट मिङ्गल भएको भए तिम्रो बारेमा सोचेर प्रेम गरी बस्दिन थिएँ होला। हो तिमीलाई साँच्चिकै प्रेम गरेको थिएँ। सदा गरिरहने छु। केही पाउनलाई होइन। हाम्रो प्रेमलाई प्रेमजस्तै बनाउन।

तक्दिरमा के थियो थाहा भएन। थाहा नभएको अज्ञात तक्दिर लाई तमासा बनायौ तिमीले भनौं या विधाताले। दोष दिन्नँ कसैलाई। तिमी मेरो बेखुसीको बगानमा मौलाएको हरियालीमा वसन्तको बहार बनेर उत्सव मनाउनु। यो जुनिमा नटुंगेको प्रेमपथको प्रेमयात्रा मिल्ने भए पुनः हुने पुनःजन्ममा सँग-सँगै हिँडेर यात्रा पूरा गरौंला।
अन्तमा प्रणय दिवसको शुभकामना!
०००
पाँचखाल- ११, काभ्रेपलान्चोक
हाल: लिमासोल, साईप्रस

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

अधुरो प्रेम कथा सुशील लामा

यो पनि पढ्नुहोस्...

साउन विशेष कथा: हरियो व्यवहार | हाम्रो कथाघर

नवपुस्ता कथा: माटोका सन्तान | हाम्रो कथाघर

लघुकथा: पैसा | हाम्रो कथाघर

लघुकथा: ऊ अझ हेरिरहेछ! | हाम्रो कथाघर

लघुकथा: इमेज | हाम्रो कथाघर

लघुकथा: समाजसेवी | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – ११ | हाम्रो कथाघर

कथा: कम्युनिस्टहरू छद्मभेषी बनेपछि | हाम्रो कथाघर

कथा: मुक्कुमलुङ | हाम्रो कथाघर

पाक्षिक लघुकथा अभियान – अंक: १०

भर्खरै

लघुकथामा एक प्रयोग – अङ्क: १२ | हाम्रो कथाघर

साउन १८, २०८२

कविता: लुतो | हाम्रो कथाघर

साउन १५, २०८२

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १२

साउन १५, २०८२

नन्दलाल आचार्यको ‘शल्यक्रिया’को सांस्कृतिक विमोचन | हाम्रो कथाघर

साउन १३, २०८२

निबन्धात्मक लेख: साउन र हरियो रङ | हाम्रो कथाघर

साउन १२, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.