दौडन चाहन्छु म
वल्लो पहाडदेखि पल्लो पहाडसम्म
बौलाहाको उन्मादमा छाडेका अतीतसम्म
कुल्ची छोडेको एउटा सपनासम्म
प्रिय–प्रिय क्षणसम्म
अतीत भइसकेछन् ती कति छिट्टै
ए हाँसिदेऊ, तिमी मुस्कुराइदेऊ
फेरि त्यही बिहानी ब्यूँझाइदेऊ
त्यही जुनेली रात डाकिदेऊ
त्यही स्पर्श, त्यही संवाद
त्यही कथा दोहोर्याइदेऊ
त्यही सिङ्गो युग फिर्ता बोलाइदेऊ
ए तिमी मेरो अतीत, अतीत फर्काइदेऊ !
पुन: जन्मन चाहन्छु म
बामे सर्दै पुन:
बोल्न, हिँड्न सिक्न चाहन्छु म
एउटा सफल प्रेमकथा बुन्न चाहन्छु म
हाम्रो प्रेमिल इतिहासको पुनर्लेखन गर्न
के सम्भव छैन र?
०००
धरान
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।