Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » के पृथ्वीनारायण शाह साम्राज्यवादी होइनन्?

के पृथ्वीनारायण शाह साम्राज्यवादी होइनन्?

गैर आख्यान - निबन्ध
कुमार काफ्लेकुमार काफ्लेफाल्गुन १३, २०८१853 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

हुन त इतिहास जित्नेहरूकै पक्षमा लेखिन्छ, लेखिदैं आएको छ। मानवीय स्वभावै होला! हार्नेहरूको गाथा लेखेर के पाउनु छ र! बरू भएको समेत गुमाउनु पर्ने हुनसक्छ। हामीले राष्ट्रनिर्माता र एकताका प्रतीक मानेका राजा पृथ्वीनारायण शाह के साँच्चै स्वतन्त्रता, समानता र न्यायको पक्षमा थिए त? हामी अहिले सबै नेपाली भनिरहेका छौँ, के साँच्चै हामी परापूर्व कालदेखि नेपाली नै हौँ त? दुई सय असी वर्षअघिसम्म के हामी सबै नेपाली नै थियौँ त? एकपटक सोचि हेरौँ त! हामी कोही पाल्पाली थियौँ, कोही चौदण्डी, कोही विजयपुरी त कोही लिम्बुवान। कोही भादगाउँले थियौँ त कोही पाटनी। यसरी हामी अहिले जसलाई नेपाली भनिरहेका छौँ हाम्रो राष्ट्रियता लगभग सयौँ थिए। यहाँ बनिबनाउ जवाफ हामीसामु उपस्थित/हाजिर भइहाल्छ, ‘उनले टुक्राटुक्रामा विभाजित राष्ट्रलाई एकताको सूत्रमा बाँधे। त्यसैले त हामी आफूलाई नेपाली भनेर गर्व गर्न पाउँछौँ।’ तर यो बिर्सन्छौँ कि, यो धरतीका सबै व्यक्तिलाई आफ्नो राष्ट्र प्यारो हुन्छ, राष्ट्रप्रति गर्वबोध हुन्छ। हुन्न र? यदि हुँदैन भने त्यो देशको असल नागरिक कसरी हुन सक्छ र!

के आफ्नो राष्ट्रप्रति गर्व गर्न देशको भूगोल ठूलै हुनुपर्छ? साना राष्ट्रले, त्यहाँका बासिन्दाले गौरव गर्न पाउँदैनन्? के नेपाल विश्वको ठूलो राष्ट्रमा गनिन्छ? संयुक्त राष्ट्रसंघमा सदस्य भएका राष्ट्रहरूको मात्रै हिसाब गर्ने हो भने पनि नेपालभन्दा ठूला देश बयानब्बे वटा र साना देश सय वटा जति छन्। आफूभन्दा ठूला देश सम्झेर के नेपालीले हामी साना देशका नागरिक हौँ भनेर आफ्नो देशप्रति गर्व गर्दैन र? अनि नेपालको एउटा गाँउजत्तिको क्षेत्रफल भएका भ्याटिकन सिटी, मोनाको र टुभालुजस्ता राष्ट्रहरूले ती देशको नागरिक भएकोमा गर्व गर्न पाउँदैनन् र? विश्वको ठूलो राष्ट्र रुस, सानो राष्ट्र भ्याटिकन सिटी र नेपालको राष्ट्रियता उस्तै होइन र? कि फरक छ? यदि अहिलेसम्म अस्तित्वमा रहेका भए नेपाल साम्राज्यभित्र समाहित पचासौं राज्य पनि अरू साना देशजस्तै स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र स्वाधीन राष्ट्रको रुपमा रहने थिए। कुनै सम्पन्न, कुनै गरीब त कुनै शक्तिशाली र कुनै कमजोर हुने थिए होला। त्यो फरक पक्ष हो। अहिले पनि त संसार यसैगरी त चलेको छ नि! हाम्रा छिमेकी देशले हाम्रो सीमा मिच्दा हाम्रो छाती चसक्क गर्छ। कुनै स्वतन्त्र राष्ट्र सर्लक्कै अर्को देशमा गाभिँदा हृदय कति छियाछिया हुन्छ होला! मन कति रोयो होला! के हामीले कहिल्यै सोच्न भ्याएका छौँ?

अब जाऔँ के पृथ्वीनारायण शाह साम्राज्यवादी थिए? भन्ने सवालतर्फ। साम्राज्यवाद यस्तो नीति हो जसअन्तर्गत एक देश आफ्नो सीमादेखि बाहिर गएर अन्य देशहरू र प्रदेशहरूमा हस्तक्षेप गर्दछ। यो हस्तक्षेप राजनीतिक, आर्थिक, सांस्कृतिक वा अरू कुनै प्रकारको हुनसक्छ। साम्राज्यवादीहरूले जतिसुकै चिल्ला, मीठा र नैतिकताको कुरा गरे पनि उनीहरू शान्त र अबोध राष्ट्र, सम्प्रदाय माथि शक्ति र हिंसाद्वारा आफ्नो शासन लाद्छन्। आफ्नो शक्ति र गौरव बढाउन अन्य देशको प्राकृतिक र मानवीय संसाधन माथि कब्जा जमाउने र नियन्त्रण गर्ने गर्दछन्। साम, दाम, दण्ड, भेद र अनेक तरहले कमजोर छिमेकी राष्ट्रको पूरै वा केही भागमाथि नियन्त्रण गर्दछन्। विश्व इतिहास अध्ययन गर्दा बेलायत, जर्मन, फ्रान्स, पोर्चुगल, स्पेन, जापान आदि प्रमुख साम्राज्यवादी मुलुक हुन्। छिमेकी देशहरू चीनले तिब्बतमाथि र भारतले सिक्किममाथि नियन्त्रण गर्नु पनि साम्राज्यवादकै उदाहरण त हो नि!

अनि गोर्खा राज्यले बाइसी, चौबिसी राज्यमाथि नियन्त्रण गर्नु, सेन, चौदण्डी, विजयपुर, लिम्बुवानमाथि कब्जा गर्नु के साम्राज्यवाद होइन? इरान, भारत हुँदै सन् १४९५ मा नेपाल पसेका आर्यहरू, त्यसमाथि पनि विशेषत: शाहहरू भीरकोट हुँदै शरणार्थीको रुपमा गोर्खा प्रवेश गरेका थिए। शरणको मरण गर्दै गोर्खाका घले राजालाई हराइ द्रव्य शाहले सन् १५५९ मा शासन गर्न थालेका थिए। षडयन्त्र, धोखा र पाखण्डको शुरुवातकर्ता द्रव्य शाह र त्यसलाई निरन्तरता दिने काम त्यसपछिका शाह राजाहरूले विशेषगरी पृथ्वीनारायण शाहले त्यसको नेतृत्व गरेका थिए। वैवाहिक सम्बन्ध गाँसेर होस् या मितेरी साइनो लगाएर होस् उनले आफ्नो साम्राज्यवादी नीति अगाडि बढाइरहे। मङ्गोलहरूले त उनलाई हिन्दू साम्राज्यवादी, क्रुर र निर्दयी व्यक्ति मान्दछन्। यस विषयले न्यायिक बहसको माग गर्दछ‌। तथापि यति त सजिलै भन्न सकिन्छ, गोर्खा राज्य र खासगरी पृथ्वीनारायण शाहको साम्राज्यवादी नीतिले नेपालका अनेकौँ भाषा, संस्कृति र धर्म संस्कारहरू चेपुवामा परे। त्यसो नहुँदो हो त यतिबेला पश्चिम नेपालमा खस भाषा, नेपालमण्डलमा नेपाल भाषा, पूर्वमा राई, लिम्बू र सुनुवार भाषा एवम् तिनका लिपि उन्नत भइसकेका हुनेथिए, कम्तीमा अहिले जस्तो हरिबिजोग हुने थिएन। कतै तमु, कतै तामाङ त कतै मैथिली, भोजपुरी र थारू भाषा अनि तिनको लिपि समृद्ध भइसकेका हुनेथिए। तर्क गर्नेहरूले गर्न सक्छन्, ‘के पृथ्वीनारायण शाहले ती भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिमाथि बन्देज लगाएका थिए र?’ हो सिधा नजरले त्यस्तो नदेखिन सक्छ। तर त्यो ध्रुवसत्य हो कि गोर्खा साम्राज्यको पेलानका कारण तिनले आफ्नो लय समात्न सकेनन्। जनगणनामा आआफ्नो जात अनुसारको भाषा बोल्छौं भनेर लेखिपठाए पनि अधिकांश युवापुस्ताले आफ्नो मातृभाषा बोल्न सक्दैनन्। यो लेख पढ्दै गर्ने कोही नेपालीइतर भाषाको पाठक हुनुहुन्छ भने एकपटक गम्भीर भएर सोच्नुहोस् त! के तपाईं आफ्नो भाषा र लिपिमा मजाले बोल्न र लेख्न सक्नुहुन्छ? यदि सक्नु नै हुन्छ भनेपनि तपाईं आफ्नो नजिकको सरकार वा सेवा प्रदायक निकायमा गएर सेवा लिन, विचार विनिमय गर्न सक्नुहुन्छ? शायदै सक्नुहुन्छ।
के तपाईं हामी सबैले मनाउने चाडपर्वमा हप्ता दश दिन विदा पाउँछौँ? के दशैँमा जसैगरी छठ, ल्होसार, उधौंली र उभौंलीमा पनि पन्ध्र पन्ध्र दिन विद्यालय बन्द हुन्छ? हुनुपर्छ भन्ने होइन तर यस्तो विभेद कसरी मान्य हुन्छ त? संसारको सबैभन्दा बढी सार्वजनिक विदा हुने देशमा अङ्कित हुनुको अलावा यसले एक धर्म संस्कृतिलाई मात्रै काखी च्यापेको आभास हुँदैन र?

आफ्नो भूमिको रक्षा गर्दै पृथ्वीनारायण शाह र उनको फौजलाई पटकपटक पराजय गर्ने नुवाकोटे योद्धा हुन् या कीर्तिपुरे सिपाही हुन्! सत्रपटकसम्म पृथ्वीनारायण शाहलाई धूलो चटाउने प्रतापी लिम्बू हिलिहाङ योङहाङ र योद्धा काङ्सुरे किन नहुन्; यिनीहरू तत्कालीन साम्राज्यवादका नाइके पृथ्वीनारायण शाहकै कारण गुमनाम हुनुपरेको छ। शक्तिको प्रयोग गरेर निर्धा राज्यमाथि कब्जा जमाउनु उनको एकमात्र लक्ष्य रहेको देखिन्छ। उनको प्रशंसामा जति नै शब्द खर्च गरिए पनि, गुणगान गाए पनि उनी त्यो बेलाका साम्राज्यवादका नाइके थिए, यो सत्य कुरा हो। सत्यलाई बङ्ग्याउनु, आफू खुसी प्रयोग गर्नु र वास्तवमा कुरो के हो नबुझी होमा हो मिलाउनु अहिलेका कथित बौद्धिक र चिन्तकहरूको असली परिचय हो। अरूले जे भन्यो त्यही, जित्नेहरूको पक्षमा लेखिएका इतिहासका ठेली पढेर, रटेर पृथ्वीनारायण शाहलाई एकताको प्रतीक मान्ने हामी हाम्रै स्वचिन्तनलाई त्यागेर अरूले लादेको विचारको दासमा रूपान्तरित भइरहेका छेनौं?

कतिले पृथ्वीनारायण शाहलाई प्रगतिशील राजा मान्ने गरेको पाइन्छ। उनी कतिसम्म कठोर र पुरातनवादी थिए भने मकवानपुरका सिपाहीले जुत्ता नफुकाली उनलाई सलाम गरेकोमा निहुँ खोजेका थिए। बिहेमा नौलका हार र एकदन्ता हात्ती दाइजो मागेका थिए। मागे जति दाइजो, धन सम्पत्ति नपाएर श्रीमती इन्द्रकुमारी सेन (मकवानपुरकी राजकुमारी) लाई त्याग्ने, बहुविवाह गर्ने (उनले दोस्रो बिहे नरेन्द्रलक्षमीसँग गरेका थिए) राजा कसरी प्रगतिशील हुन सक्छन्? जिउँदै मान्छे जल्नुपर्ने अमानवीय सतीप्रथाको अन्त्य गर्नतर्फ उनले किन ध्यान दिएनन्! साना र कमजोर राज्यहरू हडप्नुभन्दा सामाजिक सुधारका काम गरेका भए उनी कति पूज्य हुने थिए होला! कम्तीमा उनको चितासँगै श्रीमतीहरू सती जानुपर्थेन कि! यो साझा धरतीमा साना राज्यहरूको पनि अस्तित्व जगमगाइरहने पो थियो कि!

सन्दर्भ सामग्रीहरू:

  • आचार्य, बाबुराम, श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी – भाग १
  • यादव, पीताम्बर लाल, नेपालको राजनैतिक इतिहास, विद्यार्थी पुस्तक भण्डार
प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कुमार काफ्ले निबन्ध पृथ्वी नारायण शाह

यो पनि पढ्नुहोस्...

निबन्ध : एउटा विशुद्ध प्रेम कथा

संस्मरण: दादा, तिमी किन रोएको? नरुनू, म छु…

संस्मरण: पञ्चायतविरुद्धको आन्दोलन र अधुरो अपेक्षा

निबन्ध: नेपाली विद्यार्थीको नजरमा देश

निबन्ध: खडेरीमा पनि फुल्ने फूलहरू

संस्मरण: मित्रताको आयु र गौरीपुर हाउस

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा : स्वच्छन्द

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

भर्खरै

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.