Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » निबन्ध: शब्दहरूमा प्रेमको अभिव्यक्ति

निबन्ध: शब्दहरूमा प्रेमको अभिव्यक्ति

गैर आख्यान - निबन्ध
ज्ञानेन्द्र विवशज्ञानेन्द्र विवशफाल्गुन १३, २०८१852 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

प्रेम अनुभूतिको विषयसँगै यो अभिव्यक्तिको पनि विषय हो। अनुभूति मौन हुन सक्छ, तर अभिव्यक्ति शब्द, सङ्केत, स्पर्श या व्यवहारको रूपमा संसार सामु प्रकट हुन्छ। प्रेमले साहित्य सिर्जना गर्छ। सङ्गीतलाई माधुर्य दिन्छ। चित्रकलालाई संवेदनशील बनाउँछ। जीवनलाई गहिराइ प्रदान गर्छ।

प्रेम अभिव्यक्त गर्न हजारौँ तरिका छन्। कुनै गीतमार्फत अभिव्यक्त हुन्छ। कुनै प्रेमपत्रमा सीमित रहन्छ। कुनै आँसु बनेर झर्छ। कुनै स्पर्शमा मिसिन्छ। कुनै मौनता प्रकट हुन खोज्छ। कुनै प्रेम व्यग्र भएर चिच्याउन खोज्छ। प्रेम कहिलेकाहीँ कोमल शीत झैँ झर्छ। कहिलेकाहीँ आँधी झैँ उर्लिन्छ।

पुरानो समयदेखिका प्रेम अभिव्यक्त गर्ने शैलीहरू परिवर्तन हुँदै आएका छन्। शास्त्रीय युगमा नायिकाहरूले प्रेमलाई काव्यात्मक रूपमा व्यक्त गर्थे, पत्रहरूमा प्रेम पोखिन्थ्यो र प्रेमिका प्रतीक्षाको प्रतीक बन्दथिन्। आधुनिकतासँगै प्रेमको अभिव्यक्ति टेलिफोनको कुरा, सामाजिक सञ्जालका सन्देश वा प्रविधिले सहज बनाइदिएको कुराकानीमा सीमित हुँदै गएको छ।

तथापि प्रेमको सबैभन्दा प्रभावशाली अभिव्यक्ति आत्मीयता हो – निश्छल र निःस्वार्थ। प्रेम जुनसुकै भाषामा व्यक्त भए पनि, यसको सार आत्मीयतामा निहित रहन्छ। प्रेम अभिव्यक्तिको हकदार हुन्छ। कहिलेकाहीँ मौनताले नै यसको गहिराइ नाप्छ। केही प्रेम आँखामा झल्किन्छ। केही प्रेम त्यागमा देखिन्छ। केही प्रेम सम्झनामा बाँचिरहन्छ।
यसकारण, प्रेम व्यक्त गर्न प्रथमतः चाहिन्छ सुन्दर माया मिश्रित शब्दहरू! कहिले शब्दमार्फत, कहिले व्यवहार, कहिले सिर्जनामा। अपितु प्रेमलाई शब्दमै मात्र सीमित गरियो भने त्यो अधुरो हुन सक्छ। प्रेम अनुभूत हुनुपर्छ, जिउनुपर्छ। अनि हृदयदेखि व्यक्त हुनुपर्छ। प्रेम सधैँ सुन्दर छ। जबसम्म त्यो निःस्वार्थ र शुद्ध रहन्छ।

प्रेम, मानव अस्तित्वको सबभन्दा सूक्ष्म र सबभन्दा शक्तिशाली अनुभूति हो। यो भावले जीवनलाई अनुप्राणित मात्र गर्दैन, यसले समय, समाज र संस्कृतिलाई पनि परिमार्जन गर्छ। प्रेमको अभिव्यक्ति विविध रूपले सम्भव छ- शब्द, मौनता, स्पर्श, हेराइ, सङ्गीत, चित्रकला या त एक गहिरो अनुभूतिमा जसको कुनै स्पष्ट सीमारेखा हुँदैन।
कविले प्रेमलाई कवितामा उतार्छ। गीतकारले गीति-शब्दमा पोख्छ। कथाकारले पात्रहरूका संवादमा सजाउँछ। ‘तिमी बिना म अधुरो छु’ भन्ने वाक्य प्रेमिल मनका लागि संसारकै सबभन्दा सुन्दर अभिव्यक्ति बन्न सक्छ। प्रेमीले प्रेमिकालाई लेखेको चिठी होस् वा आमाले सन्तानलाई दिएको आशीर्वाद- शब्दले प्रेमलाई समयभन्दा पर पुऱ्याउने शक्ति राख्छ।

तथापि प्रेममा सधैँ शब्दको आवश्यकता राख्दैन। कहिलेकाहीँ मौनतामा प्रेमको महासागर उम्लिरहेको हुन्छ। आँखाले आँखालाई हेरेरै धेरै कुरा भन्न सक्छ। एउटा सानो स्पर्शले हजारौँ शब्दको स्थान लिन्छ। वृद्ध दम्पतीको मौन समझदारी, आमाले बच्चालाई गर्ने स्नेहिल चुम्बन वा कसैको अनुपस्थितिमा मनको गहिराइबाट उठ्ने तरङ्ग यी सबै प्रेमका मौन अभिव्यक्ति हुन्।

प्रेम, चित्रकारको कुचीमा झल्किन्छ। मूर्तिकारको छिनोमा मूर्त रूप लिन्छ। सङ्गीतकारको धुनमा प्रवाहित हुन्छ। अजन्ता-एलोराका गुफा चित्रहरू प्रेमको अमर काव्य हुन्। रानीमहल, ताजमहल, प्रेमका प्रतीक हुन्। माइकल एन्जेलोका मूर्तिहरू प्रेमको भावनामा गढिएका छन्। रवीन्द्रनाथको ‘गीताञ्जली’ प्रेमको आध्यात्मिक व्याख्यान हो। एउटा कलाकारले सिर्जना गर्ने प्रत्येक उत्कृष्ट कलामा प्रेमको ऊर्जा प्रवाहित हुन्छ। प्रत्येक कथा, उपन्यास, नाटक, चलचित्र आदि प्रेमकै परिवेशमा आधारित हुन्छ।

प्रेम प्राप्तिको नाम होइन, त्याग र समर्पण प्रेमको उच्चतम रूप हो। मीरा प्रेममा समर्पित भइन्। राधा र कृष्णको पवित्र प्रेम। सीताको प्रेम त्यागमा प्रकट भयो। बुद्धले समस्त सृष्टिलाई प्रेम गर्दै राजमहल त्यागे। निःस्वार्थ प्रेम त्यो प्रकाश हो, जसले स्वार्थका साना जालीहरू भत्काउँछ।
समय परिवर्तनशील छ। तर प्रेमको सार अपरिवर्तित रहन्छ। भौतिक रूपहरू बदलिन्छन्, मानिसको अवस्था परिवर्तन हुन्छ। प्रेमले त्यसलाई अतिक्रमण गर्छ। एउटै जोडी प्रेममा बाँधिएर बुढ्यौलीसम्म सँगै हिँड्दा उनीहरूको प्रेम ताजा रहन्छ। समयको कठोरपनले प्रेमलाई परिष्कृत मात्र गर्छ। तर त्यसलाई कदापि पनि मेटाउँदैन।

प्रेम अनुभूतिको शिखर हो। यसले मानिसलाई अपूर्व आनन्द पार्छ र संवेदनशील बनाउँछ। प्रेमको सबैभन्दा प्रभावकारी माध्यम शब्द हो। शब्दहरूबाट प्रेमले रूप र आकार पाउँछ, संवेदनाहरूले अभिव्यक्ति भेट्छ, र हृदयले आफ्नो अन्तरङ्ग कुरा संसार सामु खोल्छ।

कसैले ‘प्रेमलाई शब्दको आवश्यकता हुँदैन’ भन्छन्। वास्तवमा, प्रेमलाई शब्दले नै अमर बनाउँछ। मौन प्रेम कति दिन टिक्ला? सन्देह, आशङ्का, बुझाइका भिन्नता तथा असमझदारीहरू प्रेमको मौनतालाई नष्ट गर्न सक्छन्। यदि प्रेम शब्दमार्फत अभिव्यक्त हुन्छ भने, त्यो विश्वास, आत्मीयता र स्पष्टताको आधारशीला बन्न सक्छ।
‘म तिमीलाई प्रेम गर्छु’ भन्ने तीन शब्द मात्र उच्चारण गर्दा पनि कति गहिरो भाव प्रवाहित हुन्छ! एउटा बेग्लै मायाको प्रेमिल मिठास महसुस हुन्छ।

प्रेम सस्तो र क्षणिक मायाका सीमित शब्दहरूमा कैद हुनु हुँदैन। यसका हजारौं रूप छन्- अभिभावकको स्नेह, मित्रताको आत्मीयता, प्रेमीप्रेमिकाको अनुराग, प्रकृतिप्रतिको अनुरक्ति, समाजसेवामा समर्पित भाव। शब्दहरूको सहाराले यी प्रेमका रूपहरूले आफ्नै मौलिक अभिव्यक्ति पाउँछन्।
‘प्रिय, तिमी बिना मेरो अस्तित्व छैन’, ‘तिमी छौ र त म छु’, ‘तिम्रो माया र साथले म बाँचेको छु’ जस्ता शब्दहरू शब्दका लागि लेखिएका हुँदैनन्। यिनमा प्रगाढ मायाको समर्पण र प्रेमको विश्वास रहेको हुन्छ। यी सबै शब्दकै कारण तिनलाई हामीले सहजै महसुस गर्न सक्छौँ।

साहित्य प्रेमको सर्वश्रेष्ठ वाहक हो। विश्वका महान प्रेमकथाहरू- मुनामदन, लैला-मजनु, रोमियो-जुलियट, देवदास-पारु शब्दहरूकै कारण कालजयी बने। गीत, कविता, निबन्ध, कथा, उपन्यास, नाटक आदि सबैमा प्रेमको विविध रङ झल्किन्छ। विशेषतः साहित्यकारहरूले प्रेमको कोमल भाव-सौन्दर्यलाई आफ्ना कलात्मक शब्दमा व्यक्त गरेका छन्। तिनले प्रेमको गहिराइ र जटिलता बुझाउने कोसिस गरेका छन्। वास्तवमा प्रेम केटा र केटीमा मात्र सीमित हुनु हुँदैन। साँचो प्रेम हरेक व्यक्ति र समाजमा हुनुपर्छ। प्रेममय भावना, बोली र व्यहारलाई परिवार तथा समाजमा समर्पित रूपमा देखाउन सक्नुपर्छ।

एक समय थियो, जब ‘प्रेमपत्रहरू’ प्रेमको सर्वश्रेष्ठ अभिव्यक्ति थिए। प्रेमीले मायाका भावहरू कागजका खेस्रा मस्यौदामा उतारेर पठाउँथे। जवाफको प्रतीक्षा कैयौँ दिनसम्म गर्थे। प्रविधिको विकाससँगै प्रेमको अभिव्यक्तिको माध्यम पनि परिवर्तन भयो। अहिले प्रेम फेसबुक स्टाटस, इमोजी, मेसेज, भिडियो कल हुँदै छिटो सन्देश दिन सक्ने माध्यममा केन्द्रित छ। अपितु शब्दहरूको आत्मीयता भने जस्ताको तस्तै नै छ।

यथार्थमा प्रेमको मौलिकता शब्दहरू मै हुन्छ। प्रेमको सार आत्मीयता सबै शब्दहरू मार्फत नै झल्किन्छन्। शब्दले प्रेमलाई अमर बनाउँछ, समयभन्दा पर पुऱ्याउँछ। यदि शब्द नहुने हो भने, प्रेम व्यक्त गर्न गाह्रो हुन्थ्यो। आखिर, शब्दहरूले नै कसैको स्मृतिमा प्रेमको अनुभूति जीवनभर रहन मद्दत गर्छ।

अन्ततः प्रेमलाई शब्दहरूमा अभिव्यक्त गर्न सकिन्छ भने, त्यो प्रेम मात्र ‘भावना’ नभएर एउटा ‘जीवन्त कथा’ बन्न पुग्छ। यही कारण शब्दहरूमा पोखिएका प्रेम कहिल्यै मर्दैन। बरु पुस्तौँसम्म बाँचिरहन्छ।

प्रेमको अभिव्यक्ति कहिल्यै एकै रूपमा रहिरहँदैन। कुनै प्रेम हर्षका मुस्कानमय आभामा प्रकट हुन्छ। कुनै मौन आँसुसँगै बग्छ। कुनै प्रेम मिलनको खुसीमा रमाउँछ। कुनै प्रेम टाढिएको दूरीको पीडामा एक्लिएर दुःखी हुन्छ। तथापि प्रेम अन्ततः अनुभूति हो। यसले हामीलाई मानव बनाउँछ। हाम्रो हृदयलाई विशाल बनाउँछ। यो सृष्टिलाई सुन्दर बनाउने एकमात्र सत्यको रूपमा उभिन्छ।

प्रेम अभिव्यक्त हुनुपर्छ- शब्दमा होस् वा मौनतामा। कलामा होस् वा समर्पणमा, किनभने प्रेमलाई अभिव्यक्त नगर्ने हो भने, त्यो बाँझो भूमि जस्तै हो। त्यस्तो उजाड धरातलमा जीवनले फूल फुलाउन सक्दैन।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

ज्ञानेन्द्र विवश निबन्ध

यो पनि पढ्नुहोस्...

निबन्ध : एउटा विशुद्ध प्रेम कथा

संस्मरण: दादा, तिमी किन रोएको? नरुनू, म छु…

संस्मरण: पञ्चायतविरुद्धको आन्दोलन र अधुरो अपेक्षा

निबन्ध: नेपाली विद्यार्थीको नजरमा देश

निबन्ध: खडेरीमा पनि फुल्ने फूलहरू

संस्मरण: मित्रताको आयु र गौरीपुर हाउस

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा : स्वच्छन्द

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

भर्खरै

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.