भव्य भवनहरूको शहर
अग्ला गगनचुम्बी सपनाहरूको सहर
तर भित्रभित्रै
सड्दै छ आत्मा, चपेटामा छ प्राण
चिल्ला सडकहरूमा दौडिरहेका गाडी
रातको झिलिमिलीले ओतिएको सौन्दर्य
तर, यसैका छेउमा
भोकाएका पेटहरू र भत्किएका झुपडीहरू
इतिहासका पानामा चम्किएको सहर
संवेदनाका पानामा चुँडिएको सहर
सभ्यता र संस्कृतिका गीत गाउने
तर आफैँ अन्धकारमा डुब्ने
फोहोरका थुप्रोले घेरिएका पवित्र नदीहरू
पानीमा घोलिएका आँसुका कथा
आफ्नो गौरव बचाउन लडिरहेको प्रकृति
तर मान्छेका तिर्सना बढिरहेका
आधुनिकताको नाममा
विनाशका हलचल
भोज र रमझमका रङ्गीन रातहरू
तर, करुणा कुँजिएर निल्नु पर्ने दिनहरू
आफ्नै अस्तित्वको लडाइँमा
हारिरहेको सहर
तर, सायद
यसलाई थाहा छैन –
यो आफैँ सकिदै छ,
एक पुरानो दन्त्य कथाको पात्र झैँ।
०००
बेलका नगरपालिका -२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।