Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कविता: आखाँ

कविता: आखाँ

काव्य - गद्य कविता
शिव बहादुर विश्वकर्माशिव बहादुर विश्वकर्माफाल्गुन १७, २०८१780 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

ए आँखा,
तँ कस्तो बैगुनी है!

तँ बिना म ठप्प हुन्छु
जस्तै
तागत बिनाको श्रम
बजेट बिनाको योजना
पेट्रोल बिनाको गाडी
क्षमता बिनाको आवश्यकता
अँझ भन्नु पर्दा,
दक्षता बिनाको कामदार
तर, मलाई माफ गर आँखा
तँलाई म बैगुनी भन्न बाध्य भएँ

तँ चलाख बन्दै छस्
बन्द गर तेरो त्यो चलाखिपन!
तैँले हेरेकै भरमा स्वाद थाहा पाउँने भए,
जिब्रोको के काम?
हेरेकै भरमा सुगन्ध थाहा पाउँने भए
नाकको के काम?
यसको जवाफ चाहन्छु म
तैँले हेरेकै भरमा,
पेटलाई भोक लाग्दा पनि यो नमीठो छ भनेर
किन आदेश गर्छस्?

मलाई अझैँ स्मरण छन् ती दिनहरु
जुन दिन तैँले –
मीठो खानामा नजर लगाई
मेरो मन लोभ्याएको थिईस्
राम्रो लुगामा नजर लगाई
मैले आफूले लगाएको लुगाप्रति
घृणित बनाएको थिईस्
बाटोमा हिँड्दै गर्दा
अरूका चिल्ला गाडीहरुमा नजर लगाई
मेरा आवश्यकताहरू थपेको थिईस्
अरूको सरकारी जागिर र मेरो मजदूरी बीच तुलना गरेर
आफैलाई धिक्कार्न बाध्य बनाएको थिईस्

अझैँ सुन आँखा,
तैँले मीठो खानेकुरा खानलाई
पैसो चाहिन्छ भन्ने कुराको चिन्तन गरिनस्
जुन मसँग छदै थिएन
राम्रो लुगा लगाउन पनि
औकात चाहिन्छ भन्ने कुराको मनन् गरिनस्
जुन मसँग छदै थिएन।
काला, चिल्ला गाडी चढ्नलाई
नेता वा धनवान हुनुपर्छ भन्ने कुरा विर्सेछस्।
जुन मेरा लागि अपवाद भिए।
घुम्ने मेचमाथि बसेर पैसा कमाउनलाई
दक्षता चाहिन्छ भन्ने कुरा
कहिल्यै सोचिनस्।
दक्षताको त के कुरा? तँ सँग द पनि थिएन।

तेरो अन्जानको नजरले बाटोमा मैले
चप्पल खानुपरेको थियो।
जुन चप्पलको कुटाइले अझैँ मेरो
गाला झम्झमाउँछ।
तैँले नपाउने कुरामा नजर लगाई
मन लोभ्याएको कुराले
त्यही लोभिएको मन पिरोल्छ।
तब म तँलाई कसरी बैगुनी नभनु?
अब जे भए पनि,
एक पटक तँलाई झल्को दिलाएँ –
नपाउने कुरामा आस नदेखा
र असम्भव आशाहरु पालेर मेरो मन नदुखा।

आँखा,
तँ मेरो आँखा होस्
मलाई नियाल्ने गर
मलाई अरु बन्नु छैन
मलाई म आफैँ हुनु छ
त्यसैले म र अरूमा दाँज्ने
साहस नगर।
०००
आठविस -६, दैलेख

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

आखाँ कविता शिव बहादुर विश्वकर्मा

यो पनि पढ्नुहोस्...

कविता: म साक्षर उज्यालोको खोज्दै छु

कविता: समय पीडा

कविता: अर्थमै चित्त जाओस्

कविता: सपनाको भोक

नम्रता बरालका पाँच हाइकु

कविता: गौतम बुद्ध

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.