“हैन, यत्रो ठूलो पार्टीमा आउने यो भिखारी को हो?” मेनेजरले आफ्नो सहकर्मीसँग सोधे।
उनले आफू अनभिज्ञ रहेको बताउँदै भने, “निम्ता पठाउँदा पनि मानिसको स्तर हेर्नु पर्छ नि! आखिर मालिकको छोराको बिहे हो।”
मेनेजरले थपे, “छिटो गलहत्याउने काम गरौँ, पाहुना आउने बेला भइसक्यो।”
ऊ भने कोहीसँग नबोली सरासर खाना लिएर टेबलमा बस्यो र कपाकप खान थाल्यो।
मेनेजर उसको छेउमा गएर हकारे, “तँ को हो? चिन्नु नजान्नुको मान्छे आएर यत्रो भव्य पार्टीमा बसेर खान लाज लाग्दैन, पाखे? यहाँबाट गइहाल!”
ऊ रन्कियो, “को पाखे? खाइरहेको मान्छेलाई गइहाल भनेर मेरो अपमान गर्ने तिमी पो पाखे!”
मेनेजर पड्कियो, “लबस्तरो! बिना निम्तो आउने मान्छेको अझ यत्रो फुर्ती?”
खल्तीबाट झिकेर निम्तो कार्ड देखाउँदै ऊ जङ्गियो, “कुरै नबुझी हकार्ने? मालिक विदेशमा भएकोले ‘मलाई जाऊ’ भनेर पो म आएँ, नत्र यस्ता जङ्गलीको अनुहार त हेर्नु नै पर्ने थिएन।”
मेनेजर अलि नरम भयो र भन्यो, “भव्य पार्टीमा आउँदा अलि ढङ्गको पहिरन त लगाउनु पर्ने थियो नि!”
उसले हाँस्दै भन्यो, “महाशय, लुगा भनेको लाज छोप्ने हो। कोट–पाइन्ट लगाउँदैमा सभ्य हुने, नत्र पाखे?”
०००
गैंडाकोट-४, नवलपुर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।