छाउगोठमा
रुँदै बसेकी महिलालाई,
बोक्सीको आरोपमा
मलमूत्र खुवाइएकी महिलालाई,
विदेशमा बेचिएर
मृत्युसँग लडिरहेकी महिलालाई,
बलात्कृत भएकी नाबालिकालाई
केको नारी दिवस?
नारी दिवस त
सुखसयलसँग
शहरमा बसेकी महिलालाई लाग्छ!
जसले मार्च ८ को दिन
सामाजिक सञ्जालमा लेख्छिन्—
“नारी दिवसको शुभकामना!”


