“यस्तो अलाग्दो पनि गर्छन्?” – विजय एक्कासी चर्को बोल्यो।
“के भयो? के मिलेन?” – जुँगे आश्चर्य हुँदै प्रतिप्रश्न गर्यो।
“यो त मिलेन नी?” – विजयले भन्यो।
“किन मिलेन? उनीहरूको जात एउटै, वर्ग एउटै हो, राम्रै छ। हजुरहरू आफैले पनि विवाह गर्न भनेरै पठाएको हो।” – उजेली बोली।
“हो, हामीले जुँगेजीलाई विवाह गर्न पठाएका हौँ। त्यसका लागि हामीले उहाँलाई ऋणको व्यवस्था पनि मिलाइदिएका हौँ। तर..?” – विजय रोकियो।
“के तर? विवाह भयो, अब राम्रै हुन्छ। हामी सबैले उहाँलाई बधाई दिनुपर्छ, सुख, शान्ति र प्रगतिको लागि कामना गर्नुपर्छ।” – उजेली सबैको अनुहारतिर हेर्दै भन्छे।
“हजुरले किन बुझ्नु हुँदैन? महिला भएर पनि! जुँगेको त अहिले पचपन्न वर्षको उमेर छ अनि यीनी बाह्र वर्षकी नाबालिग।” – विजयले उजेलीलाई सम्झाउन खोज्यो।
“सानो पाले ठुलो हुन्छ। विवाह भइसकेकोलाई के गर्न सकिन्छ? आफ्नै साथी भएपछि त झिना–मसिना गल्ती ढाकछोप पो गर्नुपर्छ। हजुरले त बल्ल–बल्ल भएको विवाह पनि बिगार्न पो थाल्नु भयो त!” – उजेली विजयलाई हकार्दै भनी।
“गल्ती त आफ्नैले गरे पनि गल्ती नै हुन्छ। यस्तो विवाह जस्तो पनि लुकाएर लुक्छ त? हामीले त राम्रो सुझाव दिन खोजेको मात्र हो।” – विजयले भन्यो।
“चाहिँदैन हजुरको सुझाव, जस्तो भए पनि हामी व्यहोर्छौँ।” – उजेलीले भनी।
कुरा चलिरहेकै थियो, मानव अधिकारकर्मी र मिडिया पुग्यो।
“अब व्यहोर आफैँ!” – भन्दै विजय घरतिर लाग्यो।
०००
दाङ, घोराही १८
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।