Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » होली विशेष कविता: बदलिँदा रंगहरू

होली विशेष कविता: बदलिँदा रंगहरू

होली विशेष
ईश्वर के. सी.ईश्वर के. सी.फाल्गुन २९, २०८१268 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

आदिम होली पुग्यो
सहरका गल्लीहरूमा।
भेट्यो आजको होलीलाई
बिहानीको घामले तिघ्रो तान्दै थियो,
हावाले अबिरको धुलो उडाउँदै थियो,
तर रङहरूमा कुनै रङ थिएन।

आदिम होली
एकछिन टोलायो, सोध्यो
“के तिमी साँच्चै म नै हौ?”
नवीन होलीले निधार खुम्च्यायो,
ओठमा मुस्कान टाँस्यो।
मुस्कानमा रस थिएन,
रङ थियो, तर उज्यालो थिएन।

आदिम होली बोल्यो
“म आउँदा वसन्तको हावा बग्थ्यो,
गालाहरू राताम्मे हुन्थे।
त्यो रातोपन लाजको थिएन,
नसाको थिएन
उमङ्गको थियो,
आत्मीयताको थियो।
मान्छेले रङ मात्र होइन,
मन पनि साट्थे।
अनि तिमी,
किन यति फिक्का छौ?”

नवीन होलीले आँखा चिम्म गर्‍यो,
गहिराइमा हेर्‍यो,
बिस्तारै बोल्यो—
“तिमी जुन गल्लीहरूमा हाँस्न जान्थ्यौ,
त्यहाँ अब नाराहरू चिच्याइन्छ।
तिमीले जहाँ स्नेहको अबिर उडाउँथ्यौ,
त्यहाँ अब शब्दहरू विष बनेर झर्छन्।
तिमी आउँदा हातहरू समातिन्थे,
तर अब तिनीहरू लड्न उठ्छन्।
तिमी बोल्न सक्छौ, म सक्दिन,
किनकि मेरो स्वरमा अब केवल
हल्का प्रतिध्वनि मात्र बाँकी छ।”

समयले मलाई रङ दिए पनि,
रङहीन बनाएको छ।
म आउँदा अब हाँसो उर्लिँदैन,
स्वागतका हातहरू चिसा भइसके।

आदिम होली स्तब्ध भयो।
उसले रङहरू नियाल्यो,
तर कुनै मिठास देखेन।
पिचकारिहरू ओइलाएका थिए,
अबिर उड्थ्यो, तर केवल हावामा
बिलाउने धुलो बनेर।

उसले सम्झ्यो
गाउँका चौतारोहरू,
अबिरले भरिएका गल्लीहरू,
रातो, हरियो, नीलो र पहेँलो सपनाहरू,
जुन हिजो बालापनका गीत बनेर गुञ्जिन्थे।

फेरि ऊ बिस्तारै बोल्यो
“तिमी मेरो प्रतिछायाँ मात्र हौ,
तर आत्मा हराइसक्यो।
रङ तिमीसँग छ,
तर जीवन छैन।
फेरि पहिलेको होली बन्न
तिमीलाई प्रेमको रङ मिसाउन आउनुपर्छ।”

नवीन होली मौन रह्यो।
रङहरू उडिरहे,
तर त्यो रङभित्र
प्रश्न गाढा बनेर उठिरह्यो—
प्रेम बिना रङ होली कसरी बन्छ?
मन साटिएन भने होली कहाँ पो हुन्छ?

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

ईश्वर के. सी. कविता बदलिँदा रंगहरू

यो पनि पढ्नुहोस्...

कविता: म साक्षर उज्यालोको खोज्दै छु

कविता: समय पीडा

कविता: अर्थमै चित्त जाओस्

कविता: सपनाको भोक

नम्रता बरालका पाँच हाइकु

कविता: गौतम बुद्ध

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा : स्वच्छन्द

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

भर्खरै

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.