म बूढो भएँ,
आँखा कमजोर छन्
तर यादहरू अझै छर्लङ्ग देख्छु
हिँडाइ थाकेको छ
तर पाइला अझै यात्रामा छ
म बूढो भएँ
आवाज चर्को छैन अब
तर मेरो मौनताले धेरै कुरा भन्छ
हाँस्न सक्दिन जस्तो लाग्छ
तर मुहारको चाउरीले कथा सुनाउँछ
म बूढो भएँ
सपना देख्न छोडेको छैन
सपना अब मेरा नभएर
आगामी पुस्ताका भएका छन्
म बूढो भएँ,
तर समयलाई सम्झिन्छु,
हराएको छैन
मेरो जीवनको इतिहास बनेर बचेको छ
म बूढो भएँ
तर बुढ्यौली मेरो अन्त्य होइन
यो त नयाँ सुरुवात हो
जहाँ आत्माले समयको सिमालाई पार गर्छ!
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।