एउटा आकाश छ छातीमा
जहाँ फुल्छन् आफ्नाहरू
कमल झैँ
र, मुर्झाउँछन् पराईहरू
सर्वदा सत्यको रापले!
जब
त्यही आकाशमा
इन्द्रेणी पर्छ त्यागको
उजेलिन्छ
स्वाभिमानीको विश्वास
सप्तरङ्गले!
तर
किच्यो भने
समयको घनले सतलाई
दाग लाग्न सक्छ सप्तरङ्गमा
र, अनायास निभ्न सक्छ गरिमा
सत्कर्मीको!
त्यसैले
चिन्नुपर्छ छद्मवेशीहरूलाई
र रहनुपर्छ टाढा
दुष्कर्मीबाट सर्वदा!
०००
अर्घाखाँची


