त्यो बेला
म
कपुरी `क´ को सृजनामा थिएँ
अक्षर, अङ्कका
फरक आकृतिलाई देखेर प्रश्न गर्थें
किन सरल आकृति छैन यिनको?
मैले
किन घुम्नु पर्ने यी आकृतिसँग?
मलाई
उत्तरार्धसम्मको यात्राले
धेरै प्रश्नको उत्तर लेखि दिएको छ
भूगोलमा
अङ्क, अक्षर कहाँ, कसरी लेखिए
र
जीव, जीवन र वस्तुहरू बुझाइए
यसरी
मेरै उत्तरार्धले भन्यो
अक्षर, अङ्क र वस्तुहरूको आकृति
यो अनन्त घुमेको छ
खगोलमा
ताराहरूको प्रकाशमा
तर प्रकाश?
म उसैलाई
निरन्तर खोजि रहेछु
ऊ किन?
कति पर सम्म ज्योतिर्मय छ?
सृष्टिका हरेक आकृतिहरू बुझाउन?
०००
कन्याम, इलाम


