त्यो बेला
म
कपुरी `क´ को सृजनामा थिएँ
अक्षर, अङ्कका
फरक आकृतिलाई देखेर प्रश्न गर्थें
किन सरल आकृति छैन यिनको?
मैले
किन घुम्नु पर्ने यी आकृतिसँग?
मलाई
उत्तरार्धसम्मको यात्राले
धेरै प्रश्नको उत्तर लेखि दिएको छ
भूगोलमा
अङ्क, अक्षर कहाँ, कसरी लेखिए
र
जीव, जीवन र वस्तुहरू बुझाइए
यसरी
मेरै उत्तरार्धले भन्यो
अक्षर, अङ्क र वस्तुहरूको आकृति
यो अनन्त घुमेको छ
खगोलमा
ताराहरूको प्रकाशमा
तर प्रकाश?
म उसैलाई
निरन्तर खोजि रहेछु
ऊ किन?
कति पर सम्म ज्योतिर्मय छ?
सृष्टिका हरेक आकृतिहरू बुझाउन?
०००
कन्याम, इलाम
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।