Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

श्री रामकृष्ण परमहंसज्यूकी अर्धाङ्गिनी श्री माँ शारदा देवीज्यू

मंसिर २९, २०८२

लघुकथामा एक प्रयोग अङ्क: २९ | हाम्रो कथाघर

मंसिर २८, २०८२

उपन्यास: गरुराहा भाग: ४ | नन्दलाल आचार्य | हाम्रो कथाघर

मंसिर २८, २०८२

यौनकथा: काम–रतिको पुनर्जन्म | हाम्रो कथाघर

मंसिर २७, २०८२

समाचार: विद्युतकर्मी साहित्यिक समाजले पुष्कर लोहनीको साहित्यिक योगदानलाई सम्झियो

मंसिर २७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » निबन्ध: खडेरीमा पनि फुल्ने फूलहरू

निबन्ध: खडेरीमा पनि फुल्ने फूलहरू

गैर आख्यान - निबन्ध
ज्ञानेन्द्र विवशज्ञानेन्द्र विवशचैत्र ५, २०८१231 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

बिहानीको मन्द बतासमा बिस्तारै सुक्दै गएको पात हल्लिन्छ।
ढुङ्गाले भरिएको उजाड भुइँमा एक थोपा ओसिलोपन खोज्दै गर्दा कुनै–कुनै दिन मन आफैँ तृष्णाले तड्पिन्छ।
जलविहीन धरतीलाई गहिरिएर हेर्ने हो भने, खडेरीको कठोरताको कथा धूलो बनेर आँखामा पर्छ।
तर, यसै मरुभूमिमा कतै न कतै फुलिरहेका हुन्छन् केही सुकोमल फूलहरू – प्राकृतिक सौन्दर्यका प्रतीक, अदम्य जिजीविषाका विम्ब।

मरुभूमिको फूल सौन्दर्यको ओसिलो विम्ब हो।
कस्तै अवस्थामा पनि बाँच्नु र बाँचेर आफूलाई फुलाउन सक्ने शक्ति यिनैमा रहेको हुन्छ।

खडेरीमा पनि फुल्ने फूलहरूको विशेषता इमानदारिता हो।
जीवनप्रतिको माया, विश्वास र प्रेरणा पनि हो।
खडेरीमा फुल्न सक्नु भनेको कठिन परिस्थितिमा निर्धक्क बाँच्न सक्नुको ठूलो उपलब्धि र शिक्षा हो।

बिहानीको शीतल बतासले हल्काएर बिस्तारै झरिरहेको पहेँलो पातले जीवनको क्षणभङ्गुरता बोध गराउँछ।
तर, फुलेर एकदिन भए पनि अलिकति मुस्कान बाँडेर बाँच्नु, वासनाले वातावरण मनोरम पार्नु र सुन्दरताका सद्भावहरूमा जीवन अर्पण गर्नु यिनको काम हो।

ढुङ्गाले भरिएको उजाड भुइँमा एक थोपा ओसिलोपन खोज्दै भौँतारिँदै गरेको मधुर कल्पना आफैंमा जीवन्त संरचना हो।
खडेरीले चिरा परेका धरतीका ओँठहरू, जसमा जीवनको रस सुकिसकेको हुन्छ।

यस मरुभूमिमा कतै कुनै जीवित पात्र छ, जसले निराशा र कठोरताबीच पनि सौन्दर्यको अस्तित्व जोगाइराखेको छ।
सम्भवतः त्यो एउटा नाजुक फूल हो – माटोको प्यासलाई वेवास्ता गर्दै आकाशतर्फ अनुहार उठाएर हाँसिरहेको।
उसका जराहरू चिरिएको जमिनको गहिराइमा पुगेर पानीको झिनो आशामा समाहित छन्।
हावाको कुनै हल्का स्पर्शले पनि ऊ नाच्न थाल्छ, सूर्यको किरणले पनि झलमलाउन थाल्छ।
कठोर परिवेशमा पनि कोमलता जीवित रहन सक्छ भन्ने प्रमाण हो ऊ।

कहिलेकाहीँ हामी पनि मरुभूमिजस्तै बनिन्छौँ – भित्रभित्रै सुक्दै, आशा खोज्दै, भौतिक उजाडपनका परिधिभित्र घेरिँदै।
हाम्रो आँखामा खडेरीको धूलो भरिन सक्छ, सपनाहरू बिस्कुन हुन सक्छन्, समयको तातो घामले हाम्रो अस्तित्वलाई पोल्न सक्छ।
तर, त्यही परिस्थितिबीच एउटा अविचलित मनले जीवनका फूल फुलाउन सक्छ, जसले कठिनाइलाई चुनौती दिन्छ।
सार्थक जीवनको पहिचान यसमै झल्किन्छ।

एउटा उजाड धरातलमा उभिएको फूल देखेर हामी अचम्म मान्न सक्छौँ –
यो यहाँ कसरी फुलेको?
यसको जरा कहाँ फैलिएको होला?
यसको अस्तित्वको सार के हो?
तर जब गहिरिएर सोचिन्छ, तब बुझिन्छ कि त्यो फूल केवल सौन्दर्यको प्रतीक मात्र होइन, अदम्य जिजीविषाको विम्ब पनि हो।

वास्तवमा, कहिल्यै पानी नपरे पनि कुनै पनि मरुभूमिमा जीवनको सम्भावना समाप्त हुँदैन।
आत्माको गहिराइमा पानीको एउटा झिनो स्रोत बाँकी रहिरहेकै हुन्छ।

त्यसैले, यदि कहिल्यै जीवनले तृष्णाले तड्पायो भने,
यदि मन उजाड भइदियो भने,
यदि आँखामा खडेरीको धूलो पर्यो भने –
हामीले मरुभूमिमा फुलेको फूल सम्झिए पर्याप्त हुन्छ बाँच्ने प्रेरणाका लागि।
त्यसको सौन्दर्यलाई होइन, संघर्षलाई सम्झनु उत्तम हुन्छ।
त्यसको रङलाई होइन, जिजीविषालाई सम्झनुपर्छ।
किनकि जीवन त्यहीँ छ, जहाँ सुक्दै गएको धरतीमा पनि एउटा फूल फुल्न सक्छ।

यी फूलहरू पानीविहीन जमिनमा पनि बाँच्न सिकेका हुन्छन्।
तिनीहरू झरिएका हुँदैनन्।
झुल्ने आँधीबेहरीसँग लडेर बाँकी रहनु नै तिनको विशेषता हो।
कतै माटोभित्र परेका बीउहरू हुन्,
कतै ती तिनै बिरुवा हुन्,
जसले ऊर्वर नभएको रुखोपाखो माटोमा पनि हरियाली देखाउने ध्येय बोकेका हुन्छन्।

साहित्यमा पनि यस्तै फूलहरू फुल्छन्।
अभावका हावाले कठोर बनाएको समयले जोसँग सिर्जनशीलता छ,
तिनलाई हुत्याएर फाल्न सक्दैन।
समाजका कुण्ठा, बेथिति, अन्याय र उपेक्षाले कसैलाई त होस छिनाल्न सक्छ,
तर कोही हुन्छन्,
जो तिनै कठोर समयका बीउहरू भएर उम्रन तयार हुन्छन्।

वास्तवमा, इतिहासका पानामा जति धूलो बसोस्,
ती फुल्ने शब्दहरू कहिल्यै ओइलाउँदैनन्।

खडेरीमा फुल्ने फूलहरूको सौन्दर्य तिनको कठिनाइसँग गाँसिएको हुन्छ।
जहाँ प्रचण्ड घामले आकाशदेखि जमिनसम्म जलाइरहेको छ,
जहाँ गड्गडाउँदा खोलाहरू बगेका छैनन्,
त्यहाँ ती फूलहरू अद्भुत जिद्दी लिएर उम्रिन्छन्।
तिनले आफ्नो सुगन्ध त आफैँ राख्छन्।
तर जसले त्यसलाई महसुस गर्छ, ऊ ताजगीको अनुभूति गर्छ।

हाम्रो जीवन पनि कहिलेकाहीँ यस्तै खडेरीबाट गुज्रन्छ।
अभावका डढेलोमा परेर पनि जसले हाँस्न जान्दछ,
जसले आफ्ना सपनालाई बचाउन सक्दछ,
ऊ नै ती फूलहरूजस्तै हुन्छ।
समय कठोर बनोस् वा नरम,
हरेक परिस्थितिमा जिजीविषा बोकेर बाँच्न सक्नु नै जीवनको सबैभन्दा सुन्दर पक्ष हो।

खडेरीमा फुल्ने फूलहरू मौन छन्।
तर, उनीहरूको मौनताभित्र एउटा संघर्षको गीत गुञ्जिरहेको हुन्छ।
हो, त्यही मौनताभित्र हामीले पनि आफ्नो अस्तित्वलाई खोज्नु छ।
अनि जब समयले धूलो उडाउँछ,
तब तिनै फूलहरूले बताउँछन् –
‘जुनसुकै खडेरी आओस्, हामी फुल्न छाड्दैनौँ!’

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

खडेरीमा पनि फुल्ने फूलहरू ज्ञानेन्द्र विवश निबन्ध

यो पनि पढ्नुहोस्...

नेवारी समुदायमा माँ तलेजु भवानीको महत्त्व | भाष्कर मैनाली शर्मा | हाम्रो कथाघर

निबन्ध: बादलको रङ्गीन संसार | ज्ञानेन्द्र विवश | हाम्रो कथाघर

संस्मरण: कथाकार शुषमा चित्रकारप्रति – २ | हाम्रो कथाघर

व्यक्तिगत निबन्ध: नामको कथा र नामको विवेकशास्त्र | हाम्रो कथाघर

व्यक्तिगत निबन्ध: शिक्षा प्रणाली मात्र होइन समाज र अभिभावकको सोच नै पिछडिएको हो। | हाम्रो कथाघर

निबन्धात्मक लेख: साउन र हरियो रङ | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

बाल उपन्यास : अद्भुत विवाह | भाग: एक | नन्दलाल आचार्य

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २० | हाम्रो कथाघर

पोस्टमा स्मार्ट लघुकथा श्रृङ्खला: १९ | किशन पाैडेल | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: २५ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भर्खरै

श्री रामकृष्ण परमहंसज्यूकी अर्धाङ्गिनी श्री माँ शारदा देवीज्यू

मंसिर २९, २०८२

लघुकथामा एक प्रयोग अङ्क: २९ | हाम्रो कथाघर

मंसिर २८, २०८२

उपन्यास: गरुराहा भाग: ४ | नन्दलाल आचार्य | हाम्रो कथाघर

मंसिर २८, २०८२

यौनकथा: काम–रतिको पुनर्जन्म | हाम्रो कथाघर

मंसिर २७, २०८२

समाचार: विद्युतकर्मी साहित्यिक समाजले पुष्कर लोहनीको साहित्यिक योगदानलाई सम्झियो

मंसिर २७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.