Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » सुरेशकुमार पाण्डेका ४ लघुकथा

सुरेशकुमार पाण्डेका ४ लघुकथा

आख्यान - लघुकथा
सुरेशकुमार पाण्डेसुरेशकुमार पाण्डेचैत्र ११, २०८१217 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

१. लघुकथा: आपबिती

“बाबा, केही रुपैयाँ दिनुहोस् न!” करिब बीस वर्षको छोराले बाबासँग भन्यो।

“रमेश छोरा! तिमीले केही दिनअघि पनि पैसा लिएर गएका थियौ, केका लागि बारम्बार पैसा माग्छौ?” शिशिरले उसतिर नहेरी सोधे।

“साथीको जन्मदिन हो, बाबा। उसलाई उपहार दिने पैसा चाहिएको हो।” रमेशले भन्यो।

“तिम्रो कक्षामा कति विद्यार्थी छन्?” शिशिरले अर्को प्रश्न गरे।

“झन्डै पाँच सय होलान्, तर मेरा नजिकका साथी त करिब दुई सय जति मात्र होलान्।” रमेशले मुस्कुराउँदै भन्यो।

“ए… ती सबैको जन्मदिन आउँछ होला, होइन?” शिशिरले फेरी सोधे।

“बाबा पनि कस्ता कुरा गर्नुहुन्छ! जन्मदिन त सबैको आउँछ नि!” रमेशले बिनासोच उत्तर दियो।

“लिउ।” शिशिरले खोल्टीबाट सय रुपैयाँ झिकेर हातमा राखिदिए।

“बाबा, हजुर पनि! आजकल सय रुपैयाँमा के उपहार आउँछ र?” रमेश आश्चर्यचकित हुँदै भन्यो।

“छोरा, के आउँछ, के आउँदैन, त्यो तिमीले जान, तर मेरो हैसियत यति नै हो।” शिशिरले सरल उत्तर दिए।

“मलाई थाहा छैन, अहिले एक हजार रुपैयाँ दिनुहोस्!” रमेशको स्वर केही चर्कियो।

“मसँग छैन, तर तिम्रो लागि ऋण खोज्न जान सक्छु।” शिशिरले प्रस्ताव राखे, “तिमिले म आउञ्जेल उस्तादजी सँग मेरो काम गरिदेऊ है त!”

“हुन्छ।” रमेशले सहजै स्वीकार्यो।

उस्तादले आदेश दिए, “रमेश, यी दश बोरा त्यहाँ देखिएको पाँच तले घरको छतमा राख्नुपर्छ। छिट्टै गर!”

साँझ झमक्क पर्दासम्म रमेशले ती बोरा सारिसकेको थिएन। पसिनाले लथपथ परेर सिँढीमा बसिरहेको थियो। त्यत्तिकैमा शिशिर टुप्लुक्क आइपुगे।

“ल, छोरा! तिम्रो एक हजार रुपैयाँ तयार छ। मालिकलाई बिस बोरा छतमा पुर्याउने बाचा गरेर बल्लबल्ल पैसा दिन राजी गराएँ।” शिशिरले छोरालाई पैसा दिँदै भने।

रमेशको आँखा रसाए। पैसा हातमा लिएर हेर्‍यो, फेरि बाबातिर हेर्‍यो।

“भयो, बाबा! मलाई यो हजार रुपैयाँ चाहिँदैन।” रमेश भक्कानियो।
०००

—

२. लघुकथा: बुद्धिजीवी

“राधाकृष्णम्, केशुभाई, जोखराज, निरञ्जन— यी चारै जना छुट्टाछुट्टै पार्टीका बुद्धिजीवीहरू हुनुहुन्छ।” रामलालले श्यामलाललाई जानकारी गरायो।

“इनिहरूसँग कसरी अन्तर्वार्ता लिने?” श्यामलाल सोचमग्न भयो।

“सबैको राय छुट्टाछुट्टै बसाएर लिऊँ।” रामलालले सुझाव दियो।

सुझावअनुसार श्यामलाल पहिले राधाकृष्णम्को कोठामा पुग्यो।

“राधाकृष्णम् सर! देशको अस्तित्व जोगाउन के कस्तो काम गर्नुपर्ला?”

“श्यामलालजी, तपाईंले अत्यन्तै गहकिलो प्रश्न उठाउनुभयो। सर्वप्रथम, हाम्रो पार्टीले सात प्रदेशबाट नौ प्रदेश बनाउने योजना बनाएको छ। यसले देशलाई अखण्ड राख्न मदत पुग्नेछ।” राधाकृष्णम्ले प्रस्ट्याए।

श्यामलाल दोस्रो बुद्धिजीवी केशुभाईलाई भेट्न अर्को कोठामा पुग्यो।

“केशुभाई सर! देशको अस्तित्व जोगाउन के कस्तो काम गर्नुपर्ला?”

“अत्यन्तै राम्रो प्रश्न! यसका लागि हाम्रो पार्टीले तेह्र वा चौध प्रदेश बनाउने योजना बनाएको छ। केही दिनमा हामी सडक आन्दोलन गर्ने निर्णय गरिसकेका छौँ।” केशुभाईले मुस्कुराउँदै उत्तर दिए।

श्यामलालले तेस्रो बुद्धिजीवी जोखराजलाई भेट्न अर्कै कोठामा प्रवेश गर्यो।

“जोखराज सर! तपाईंको नजरमा देशको अस्तित्व जोगाउन के कस्तो योजना अगाडि सार्नुपर्ला?”

“आहा! निकै राम्रो प्रश्न। देशलाई योजनाबद्ध रूपमा विकास गर्न विदेशी अनुदान भित्र्याउने हाम्रो पार्टीको योजना छ।” जोखराजले गर्वका साथ उत्तर दिए।

अन्तिम बुद्धिजीवी निरञ्जनको पालो आयो।

“निरञ्जन सर! तपाईंको दृष्टिमा देशको अस्तित्व रक्षा गर्न के कस्ता योजना आवश्यक छन्?”

“मेरो विचारमा, हाम्रो पार्टीले राजतन्त्र पुनःस्थापना गर्ने योजना बनाएको छ। मलाई लाग्छ, यही नै उचित उपाय हुनेछ।” निरञ्जनले आफ्नो विचार राखे।

श्यामलालले चारवटै बुद्धिजीवीका विचारहरू विश्लेषण गर्यो।
“खै त बुद्धिजीवीको स्वतन्त्र विचार? स्वाभिमान खतरामा परेको, देश सङ्कटमा परेको त यसरी पो रहेछ!” श्यामलालले मनमनै अड्कल काट्यो।

“सय सवालको एउटै जवाफ— झोले बुद्धिजीवीहरूको कमाल!” रामलालले गम्भीर लयमा टिप्पणी गर्यो।
०००

—

३. लघुकथा: आन्दोलन

“हजुरलाई थाहा छ! देशभित्र तेस्रो जनआन्दोलन चलेको छ?” दिनेशले धनराजसँग सोध्यो।

“खै, चलेकै होला! हाम्रो देशमा आन्दोलनबाहेक अरू के चल्छ र? विकास हुने कुरै छैन, विनाश नै त हो, जसले जे गरे पनि!” धनराजले निराश हुँदै भने।

“धन्न, नेपाल र नेपाली सर्वसाधारण जनताले झेलेकै छन्। पहिले राणाहरूले दास बनाएर राज गरे। देशलाई भुरेटाकुरे, बाइसे-चौबिसेमा विभाजन गरे।

राणाको जहानियाँ शासन ढाल्न जनताले आफ्नो बलि चढाए। न देशलाई फाइदा भयो, न जनतालाई। फाइदा त राजाहरूले उठाए। फेरि राजतन्त्र फाल्न संघर्ष गरे, तर घुमाइफिराई उनै राजाले सार्वभौम सत्ता हत्याए।

देशका जनताले फेरि आन्दोलन गरे। हजारौँ होनहार देशभक्तहरू मारिए। अन्ततः साढे छ दशकपछि देशमा पहिलो पटक संविधानसभाले संविधान बनाउन सफल भयो।” सर्मिलाले इतिहास कोट्याउँदै भनिन्।

“केही त फाइदा भयो नि! संघर्ष नभएको भए गणतन्त्र आउँथ्यो त?” दिनेशले सर्मिलाको कुरा बीचैमा काट्दै भन्यो।

“अहिले फेरि कस्तो खालको आन्दोलन चलिरहेको छ?” सर्मिलाले प्रश्न राखिन्।

“खै दिदी! अहिले केका लागि आन्दोलन भइरहेको छ, मलाई खासै जानकारी छैन।” दिनेशले अनभिज्ञ झैँ गर्यो।

“जब थाहा नै छैन भने फेरि किन कुरा झिकेको?” सर्मिलाले निधार खुम्च्याउँदै भनिन्।

“हाम्रा सम्माननीय जेष्ठ नागरिक धनराजजीलाई थाहा छ कि भनेर सोधेको दिदी, मैले त!” दिनेशले सफाइ दियो।

“के हुने नि बरा! काम गर्नू भने काम छैन, अनि केही त गर्नैपर्‍यो! अहिले फेरि ‘राजा ल्याउनुपर्छ’ भन्दै तेस्रो आन्दोलन गरिरहेका छन् अरे!” धनराजले झर्किँदै भने।
०००

—

४. लघुकथा: दुश्मन

“हेई! हेई! सबै गहुँ नाश गर्यो यो कर्नेले!”— रामे आफ्नाबाटै ढुंगा फाल्दै चिच्याउँदै थियो। तर त्यो भैंसी मज्जासँग गहुँ खाँदै थियो।

“कसको भैंसी रहिछ यो? बारी त इन्द्रजितले ठेक्कामा दिएका छन्।” ऊ आफ्नाबाटै फतफतायो।

त्यही बेला दुई जना युवाहरू हिँडेको देख्यो।

“बाबु हो, त्यो भैंसी भगाउनु न, हेर त गहुँ स्वाहा पार्यो।”— रामेले उनीहरूलाई आवाज लगायो र भन्यो।

“हजुरले निकाले हुन्न र?”— उताबाट आवाज आयो।

“म त्यो कान्लाबाट हाम्फाल्न सक्ने भए पो निकालूँ!”— रामेले यत्ति भनेकै थियो, उनीहरू नसुनेझैँ गरी आफ्नो बाटो लागे।

“जिन्दावाद! जिन्दावाद! भ्रष्टाचार मुर्दावाद! अत्याचार बन्द गरौँ! महँगी नियन्त्रण गरौँ!”

केही व्यक्तिहरू नारा लगाउँदै आए। रामेले उनीहरूलाई देखेपछि आस पलायो।

उसको एउटा खुट्टामा पलस्तर चढेको थियो। बैसाखीको भरमा हिँडेको थियो।

“ए! जुलुसमा त शुक्रराज पनि रहेछ। ए बाबु!”— उसले प्लेकार्ड उचालेको आमुख पार्टीको कार्यकर्तालाई डाक्यो।

“हजुर अंकल, आउनुहोस्, जुलुसमा जाऔं।”— उसले भन्यो।

“मेरो खुट्टाले काम गर्दैन बाबु! बरू त्यो भैंसीलाई भगाउनु न, सबै गहुँ खायो।”— रामेले बिन्ती बिसायो।

“काका, हजुर पनि! न त त्यो बारी हजुरको, न त्यो भैंसी। किन चिन्ता लिनुहुन्छ?”— शुक्रराजले त्यत्ति भन्यो र अघि बढ्यो।

अर्का एकजनाले गहुँ खाँदै गरेको भैंसीको भिडियो बनायो र रामेको पनि फोटो खिच्यो। अनि ऊ पनि दनादन हिँड्यो।

उपाय नलागेपछि रामे आफ्नो नजिकैको घरमा पुग्यो।

एकछिनपछि एउटा किसान लाठी लिएर आयो र रामेको कठालो च्याप्प छोप्दै हकार्न थाल्यो।

“अब तेरो काल आयो! तँलाई लाज सरम छैन, अर्काको बारीमा भैंसी चाराउने? तँलाई इन्द्रजितले ठेक्का दिएन भनेर मेरो नोक्सान गर्ने? तँ डाँका! अब तिरिहाल दण्ड! एउटा पाटो रित्ताएको छ तेरो भैंसीले।”— किसानले रिसले रातोपिरो हुँदै भन्ने नभन्ने भन्यो।

“मेरो भैंसी होइन दाजु! म त…!”

“चुप्! अझ बोल्छस्?” रामेलाई बोल्नै दिएन।

“मसँग प्रमाण छ, त्यत्तिकै बोलेको छैन। यी हेर!”— उसले मोबाइलमा रामे भैंसीकै नजिक उभिएको फोटो देखाउँदै भन्यो।
रामेको एक सुनेन। नजिकै बाँधिएको खसी फुकायो र आफ्नो घरतर्फ लाग्यो; किसान।
०००
दाङ, घोराही- १८

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

लघुकथा सुरेशकुमार पाण्डे

यो पनि पढ्नुहोस्...

कथा : स्वच्छन्द

कथा: प्रेमको घोषणापत्र

कथा: निर्मलाहरू

लघुकथा: प्रतिप्रश्न

छोटा कथा: गणतन्त्रको उपहार

लघुकथा: अदृश्य घाउहरू

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.