ओ! बुद्धिमानी मानव
शरीरमा बिविरा आउनु
शरीर चिलाउनु
शरीर पाक्नु मात्र लुतो हो
भन्ने भ्रममा नपर
यहाँ
तिमीलाई नष्ट गर्ने लुतो
अनेक थरीका छन्
तिमीले गर्दै गरेका हरेक
गलत व्यवहार, छलकपट, हानि नोक्सानी
गलत धारणा, लुटपाट, ठगी,
गलत संगत, डकैती, चोरी आदि आदि
सबै तिम्रो शरीरमा मौलाएका
लुतो नै हुन्
तिमीमा पलाएका यी
घिनलाग्दा लुतोले
कसैको पनि भलो गर्दैन
न त तिम्रो नै
त्यसैले म त भन्छु
त्यो लुतोलाई धोएर हुन्छ कि
कोट्याएर हुन्छ
मलम-पट्टी गरेर हुन्छ कि
घोटेर हुन्छ
जसरी भए पनि आफूबाट
दूर बिन्दुमा लिएर छोडिदेऊ
ताकि त्यो लुतो कहिल्यै पनि तिमीतिर
फर्किएर आउन नसकोस्
अनि बल्ल थाहा पाउनेछौ
मानवताका, विवेकशीलता,
सत्यता, न्याय
र समानताका परिभाषाहरू
०००
आठविस -६, दैलेख
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।