ओ! बुद्धिमानी मानव
शरीरमा बिविरा आउनु
शरीर चिलाउनु
शरीर पाक्नु मात्र लुतो हो
भन्ने भ्रममा नपर
यहाँ
तिमीलाई नष्ट गर्ने लुतो
अनेक थरीका छन्
तिमीले गर्दै गरेका हरेक
गलत व्यवहार, छलकपट, हानि नोक्सानी
गलत धारणा, लुटपाट, ठगी,
गलत संगत, डकैती, चोरी आदि आदि
सबै तिम्रो शरीरमा मौलाएका
लुतो नै हुन्
तिमीमा पलाएका यी
घिनलाग्दा लुतोले
कसैको पनि भलो गर्दैन
न त तिम्रो नै
त्यसैले म त भन्छु
त्यो लुतोलाई धोएर हुन्छ कि
कोट्याएर हुन्छ
मलम-पट्टी गरेर हुन्छ कि
घोटेर हुन्छ
जसरी भए पनि आफूबाट
दूर बिन्दुमा लिएर छोडिदेऊ
ताकि त्यो लुतो कहिल्यै पनि तिमीतिर
फर्किएर आउन नसकोस्
अनि बल्ल थाहा पाउनेछौ
मानवताका, विवेकशीलता,
सत्यता, न्याय
र समानताका परिभाषाहरू
०००
आठविस -६, दैलेख


