म मलाई मिलाई, म बनाउने मलम हुँ
म मलाई नै मेरो मलामीको
पहिलो निम्तो लेख्ने कलम हुँ
म मेरो जीवनका सारा उतारचढावमा
साक्षी बस्ने मेरै बफादार मित्र हुँ
म मैले कोर्दै नकोरेको तर
स्पष्ट मभित्र बाँचिरहने
मेरै सदाबहार चित्र हुँ
म मभन्दा माथि पुगेको हेर्न चाहने
म मेरै आफ्नै अभिभावक हुँ
आफूलाई हरेक पटक, पटक… पटक
माफी दिन सक्ने अभावहरूको धावक हुँ
म मलाई अँध्यारोमा प्रकाश दिलाउने
मेरै आफ्नै हौसलारूपी टुकी हुँ
म मेरा हारहरूमा नहारिकन
जितका भाका मिलाउने ढुकढुकी हुँ
म मैले गरेका गल्तीहरूलाई
सुधारको गति दिलाउने इन्धन हुँ
म मेरै अगाडि
मेरो अगाध समालोचना गर्ने
मेरा आडम्बरको निधन हुँ
म मलाई मिलाई, म बनाउने मलम हुँ
म मलाई नै मेरो मलामीको
पहिलो निम्तो लेख्ने कलम हुँ
०००
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।