स्मृतिका पानाहरूमा मैले
कैयौँ मनका भाव कोरेको छु
अदृश्य चाहनालाई शब्दमा बाँधेको छु
आँसुका थोपाहरू शब्दमा पोखेको छु।
बितेका क्षणहरू मुटुमा टाँसेर
यादै-यादहरूको भिडमा रमेर
दुःखको छायाँभित्र उज्यालोको ज्योति खोजेर
स्मृतिका कैयौँ गाथा लेखेर, पढेर बाँचेको छु।
कहिलेकाहीँ ती दिनहरू बोल्छन्
मेरो मौनतालाई नमज्जाले चिर्दै
मुठ्ठीभर अतीत लिएर आउँछन्
समयको भारी चक्र घुमाएर।
स्मृति केवल स्मृति मात्र होइन,
यो हाँसो, आँसु, आशा र वेदनाको गीत हो,
म यही गीतमा तिमीलाई सम्झन चाहन्छु
यही स्मृतिमा तिमीसँग अनन्तसम्म रम्न चाहन्छु।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।