Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

निसमालोचना: ‘एकादेशको कथा’ स्वाभिमानी नेपालीको शाश्वत आक्रोश

पुस ६, २०८२

कविता: भ्रम | हाम्रो कथाघर

पुस ५, २०८२

कविता: याद | हाम्रो कथाघर

पुस ५, २०८२

कविता: नवदुलहीको पीडा | हाम्रो कथाघर

पुस ४, २०८२

कविता: अस्थिपञ्जरको आत्मकथा | हाम्रो कथाघर

पुस ४, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » कविता: नयाँ उज्यालो

कविता: नयाँ उज्यालो

काव्य - गद्य कविता
लभ कुमार भुजेललभ कुमार भुजेलबैशाख ६, २०८२676 Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

यो माटो हाम्रो सिन्दूर हो,
यो आकाश हाम्रो गौरव हो।
तर किन हाम्रो सपना तुइन्छ?
किन हाम्रो गाउँ सधैं रुन्छ?

सहर झलमल, गाउँ अध्यारो,
किन हाम्रो पसिनामा अरूको सुसारो?
चुनाव आउँछ, आश्वासन दिन्छ,
तर उही अध्यारो, उही दिनचर्या किन छ?

अब उठ्ने बेला भयो,
नयाँ घाम झुल्काउने बेला भयो।
निमुखाको घाउ निको पार्न,
आफ्नै शक्ति अब जगाउने बेला भयो।

केन्द्रले सधैं लोभ्यायो,
आश्वासनका महल देखायो।
तर हाम्रो माटोमा सुक्खा छ,
यहाँका सपना किन रित्तै छन्?

अब हामी आफैं लेख्नेछौं
विकासको नयाँ गाथा।
क्षेत्रीय शक्तिले जगाउनेछ
गाउँ–सहर जोड्ने कुरा साँचो।

तर,
एउटै खेतका बीउ हौं हामी,
एउटै पानीले हुर्केका।
केन्द्र र क्षेत्र मिलेरै
देशको सपना बुनेका।

सहकार्य गरौं, सन्तुलन गरौं,
नयाँ युगको आधार राखौं।
न स्वार्थ, न छल, न बेइमानी—
साँचो विकासको बाटो ताकौं।

अब नझुकौं, अब नझुकाऔं,
साँचो समृद्धि आफ्नै हातले ल्याऔं।
क्षेत्रीय सोच, समग्र उन्नति—
यसैबाट हुन्छ राष्ट्रको स्थायित्व।

सपनाहरू अब साँचो बनाऔं,
स्वाभिमानका दीप जलाऔं।
यो हाम्रो माटो, हाम्रो धरोहर—
अब क्षेत्रबाटै विकासको उज्यालो फैलाऔं।

हाम्रा खेत बाँझा किन छन्?
हाम्रा युवा विदेश किन छन्?
घरमा बुढेसकाल एक्लो छ,
आकाशमा चराहरू टहलिरहेका छन्।

हामीले किन हाम्रै अधिकार बिर्स्यौं?
किन सधैं अरूको भर पर्यौं?
सत्ताको दलदलमा फस्ने कि
अब आफ्नै बाटो कोर्ने?

अब आफ्नै सपनाको खेती गरौं,
नयाँ सिँचाइ, नयाँ माटो रोजौं।
आफ्नै गाउँमा फूल फुलाऔं,
आफ्नै बस्तीमा उज्यालो ल्याऔं।

क्षेत्रीय दल बलियो बनाऔं,
लोकतन्त्रको असली अर्थ बुझाऔं।
निधार उचालेर, शिर ठाडो राखौं—
अब अरूको भरमा नपरी,
आफ्नो बाटो आफैं बनाऔं।

केन्द्र र क्षेत्र मिलेर अघि बढौं,
भाषा, संस्कृति, माटोलाई जोडौं।
अब हाम्रो नेतृत्व हाम्रो हातमा—
नयाँ युगको विकास हाम्रै बाटोबाट!


मतिगढा, सिलगढी

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कविता नयाँ उज्यालो लभ कुमार भुजेल

यो पनि पढ्नुहोस्...

कविता: भ्रम | हाम्रो कथाघर

कविता: याद | हाम्रो कथाघर

कविता: नवदुलहीको पीडा | हाम्रो कथाघर

कविता: अस्थिपञ्जरको आत्मकथा | हाम्रो कथाघर

कविता: म एक्लो मान्छे | हाम्रो कथाघर

स्मार्ट कविता श्रृङ्खला ५३ | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २१ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: २९ | हाम्रो कथाघर

उपन्यास: गरुराहा भाग: ४ | नन्दलाल आचार्य | हाम्रो कथाघर

यौनकथा: काम–रतिको पुनर्जन्म | हाम्रो कथाघर

भर्खरै

निसमालोचना: ‘एकादेशको कथा’ स्वाभिमानी नेपालीको शाश्वत आक्रोश

पुस ६, २०८२

कविता: भ्रम | हाम्रो कथाघर

पुस ५, २०८२

कविता: याद | हाम्रो कथाघर

पुस ५, २०८२

कविता: नवदुलहीको पीडा | हाम्रो कथाघर

पुस ४, २०८२

कविता: अस्थिपञ्जरको आत्मकथा | हाम्रो कथाघर

पुस ४, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.