आमा!
यो शब्दमा जुन मिठास छ,
अरू कुनै शब्दमा पाइँदैन सायद।
जन्मनासाथै यो धरती
टेकेको पल,
तिम्रो काखको न्यानो स्पर्शमा
लुटुपुटिन पाउनु,
अनि… मिठो वाणी निस्कने अधरले
पञ्चामृत झैँ
तिम्रो दूधको घुट्को पिउनु —
कस्तो अनुपम सौभाग्य!
यी सबै सन्तानका निम्ति
अपरिहार्य वरदान हुन्।
त्यसैले, आमा, तिमी
केवल जननी मात्र होइनौ,
सन्तानकी रक्षक पनि हौ —
जससँग जीवनको
अन्तरंग भाव
अनन्तकालसम्म गाँसिएको छ।
दमक झापा, नेपाल


