आमा!
यो शब्दमा जुन मिठास छ,
अरू कुनै शब्दमा पाइँदैन सायद।
जन्मनासाथै यो धरती
टेकेको पल,
तिम्रो काखको न्यानो स्पर्शमा
लुटुपुटिन पाउनु,
अनि… मिठो वाणी निस्कने अधरले
पञ्चामृत झैँ
तिम्रो दूधको घुट्को पिउनु —
कस्तो अनुपम सौभाग्य!
यी सबै सन्तानका निम्ति
अपरिहार्य वरदान हुन्।
त्यसैले, आमा, तिमी
केवल जननी मात्र होइनौ,
सन्तानकी रक्षक पनि हौ —
जससँग जीवनको
अन्तरंग भाव
अनन्तकालसम्म गाँसिएको छ।
दमक झापा, नेपाल
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।