संसार ब्युँझँदा प्रेम थिएन,
जब आमा आइन्,
बल्ल ‘प्रेम’ जन्मियो संसारमा।
संसारबाट आमा सकिएपछि
केही पनि बाँकी रहँदैन।
आमा जन्मेपछि मात्र
आएका हुन् संसारमा
घाम, पानी, आकाश, पृथ्वी, वायु र समय।
आमा बन्नुजत्तिको महान कर्म
संसारमा अरू केही छैन।
आमा कहिल्यै कमजोर हुँदैनन्,
किनकि उनी जन्मिएकी हुन्छिन् बलवान् आमाबाट।
आमाको कुरा सुन्,
आमाको कुरा मनन गर्ने हो भने,
संसारमा न अशान्ति हुन्छ, न भोक र रोग नै।
२०८२ वैशाख १४, आइतबार
काठमाडौं


