❛❛
जिन्दगीमा धेरै कुरा भोगे,
अघि बढ्न खोज्दा
खुट्टा तान्नेहरू भेटेँ।
राम्रो काम गर्दा
कुरा काट्नेहरू भेटेँ,
झुटोलाई स्वीकार गर्नेहरू भेटेँ,
सत्यलाई सिकार गर्नेहरू भेटेँ।
जिन्दगीमा धेरै कुरा भोगे,
मायाको आस देखाई
स्वार्थ पूरा गर्नेहरू भेटेँ।
मुखले “राम राम” भनी
पिठ्युँमा छुरा रोप्नेहरू भेटेँ।
जिन्दगीमा धेरै कुरा भोगे,
आफू गलत भए पनि
मलाई गलत साबित गर्नेहरू भेटेँ।
समय धेरै बदलिएको देखेँ,
समय सँगसँगै
आफ्नो प्यारो मान्छे पनि
बदलिएको भेटेँ।
यस्तै रहेछ जिन्दगी,
अनेक थरी भेटेँ।
जे भोगे, जस्तो भेटेँ,
आफ्नो चित्त बुझाई बसे।
मनमा पीडा भए पनि
सधैँ मुस्कुराई बसे।
आँखामा आँसु छचल्किए पनि
त्यसलाई लुकाई बसे।
जिन्दगीमा धेरै कुरा भोगे,
झुटोलाई स्वीकार गर्ने भेटेँ,
सत्यलाई सिकार गर्ने भेटेँ।
जिन्दगीमा धेरै कुरा भोगे।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।