❛❛
जिन्दगीमा धेरै कुरा भोगे,
अघि बढ्न खोज्दा
खुट्टा तान्नेहरू भेटेँ।
राम्रो काम गर्दा
कुरा काट्नेहरू भेटेँ,
झुटोलाई स्वीकार गर्नेहरू भेटेँ,
सत्यलाई सिकार गर्नेहरू भेटेँ।
जिन्दगीमा धेरै कुरा भोगे,
मायाको आस देखाई
स्वार्थ पूरा गर्नेहरू भेटेँ।
मुखले “राम राम” भनी
पिठ्युँमा छुरा रोप्नेहरू भेटेँ।
जिन्दगीमा धेरै कुरा भोगे,
आफू गलत भए पनि
मलाई गलत साबित गर्नेहरू भेटेँ।
समय धेरै बदलिएको देखेँ,
समय सँगसँगै
आफ्नो प्यारो मान्छे पनि
बदलिएको भेटेँ।
यस्तै रहेछ जिन्दगी,
अनेक थरी भेटेँ।
जे भोगे, जस्तो भेटेँ,
आफ्नो चित्त बुझाई बसे।
मनमा पीडा भए पनि
सधैँ मुस्कुराई बसे।
आँखामा आँसु छचल्किए पनि
त्यसलाई लुकाई बसे।
जिन्दगीमा धेरै कुरा भोगे,
झुटोलाई स्वीकार गर्ने भेटेँ,
सत्यलाई सिकार गर्ने भेटेँ।
जिन्दगीमा धेरै कुरा भोगे।


