Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

भदौ १३, २०८२

भदौ १३, २०८२

भदौ १३, २०८२

भदौ १३, २०८२

कविता: बेनाम लाशहरू | आचार्य प्रभा | हाम्रो कथाघर

भदौ १३, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » व्यक्तिगत निबन्ध: शिक्षा प्रणाली मात्र होइन समाज र अभिभावकको सोच नै पिछडिएको हो। | हाम्रो कथाघर

व्यक्तिगत निबन्ध: शिक्षा प्रणाली मात्र होइन समाज र अभिभावकको सोच नै पिछडिएको हो। | हाम्रो कथाघर

गैर आख्यान - निबन्ध
रोशन गड्तौलारोशन गड्तौलासाउन २२, २०८२395 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

रोशन गड्तौला


मैले गाउँका १० जना पढ्न जान्ने भनिने विद्यार्थीहरूलाई सोधेँ, ‘तिमीलाई पछि गएर भविष्यमा; के बन्न मन छ?’ तिनीहरूमध्ये ९० प्रतिशतले भने, ‘इन्जिनियर/नर्स, अनि विदेश जाने।’ १०% ले भने, ‘लोकसेवा पढेर जागिर खाने।’

पढ्न नजान्ने भनिने विद्यार्थीलाई पनि सोधेँ। तिनीहरूमध्ये केटाहरूको ५० प्रतिशतले ‘आर्मी वा पुलिस‘ भने। बाँकी ५० प्रतिशतले विदेश जाने बताए। केटीहरू भने केही नबोली चुपचाप बसे। सायद तिनीहरूलाई थाहा छैन होला, उनीहरू भविष्यमा के बन्दैछन् भनेर।

हजुरहरूसामु, विशेषगरी विद्यालयमा अध्यापन गराउनुहुने शिक्षकहरूलाई मेरो प्रश्न यो हो कि नेपालमा वा नेपालीहरू इन्जिनियर, डाक्टर/नर्स, सरकारी जागिरे, आर्मी, पुलिस र श्रमिकहरूभन्दा अरू केही पनि छैनन् त? यदि छन् भने, तीबाहेकका अरू पेसा अपनाउने सपना हजुरहरूले पढाउने विद्यार्थीहरूले किन देख्दैनन्?

अङ्ग्रेजी पढाउने शिक्षकले कहिल्यै विद्यार्थीलाई भन्नुभएको छ कि अङ्ग्रेजी पढेर अङ्ग्रेजी शिक्षक मात्रै होइन, अङ्ग्रेजी लेखक बन्न सकिन्छ। पर्यटकीय क्षेत्रमा पर्यटक गाइड बन्न सकिन्छ। अङ्ग्रेजीमा कन्टेन्ट क्रिएटर बन्न सकिन्छ। पब्लिक स्पिकर बन्न सकिन्छ। अन्य भाषाका पुस्तकहरूलाई अङ्ग्रेजीमा अनुवाद गर्ने अनुवादक बन्न सकिन्छ। भ्लगर (Vlogger), इन्फ्लुएन्सर (Influencer) वा एक्सप्लोरर (Explorer) बन्न सकिन्छ।

गणित पढाउने शिक्षकले पनि सायदै भन्नुभएको होला। गणित पढेर इन्जिनियर र गणितको विषय शिक्षक मात्रै होइन, गणितको क्षेत्रमा गणितज्ञ बन्न सकिन्छ। गणितमा आफैँ सिर्जनात्मक भएर किताबभन्दा बाहिरका र माथिल्लो स्तरसम्मका गणितीय समीकरणहरूको समेत अभ्यास गर्न सकिन्छ। हरेक इन्जिनियरिङ र मेडिकल कम्पनीमा गणितज्ञको छुट्टै दायित्व हुने गर्दछ।

विज्ञान पढाउने शिक्षकलाई थाहा नभएर हो कि किताबभन्दा बाहिर गएर मैले केही सिकाउनु हुँदैन भन्ने लागेर हो, मलाई एन्थ्रोपोलोजिस्ट (Anthropologist), ओस्टियोलोजिस्ट (Osteologist), जिओलोजिस्ट (Geologist), मेटेओरोलोजिस्ट (Meteorologist), माइक्रोबायोलोजिस्ट (Microbiologist), इन्भाइरोन्मेन्टलिस्ट (Environmentalist), भाइरोलोजिस्ट (Virologist), मेडिकल इन्जिनियर (Medical Engineer), जुओलोजिस्ट (Zoologist), बोटानिस्ट (Botanist) लगायत अन्य पनि यही संसारमा छन् भन्ने विद्यालयमा पढुञ्जेलसम्म थाहा भएन।

सामाजिक पढाउने गुरुले सामाजिक पढेर इतिहासविद्, गैर-आख्यान लेखक (Non-Fiction Writer), पत्रकार र खोजकर्ता बन्न पनि सहयोग मिल्छ भनेर कहिल्यै भन्नुभएन। कलाक्षेत्रमा वास्तुकला, चित्रकला, फेशन डिजाइनर (Fashion Designer), मेकअप आर्टिस्ट (Makeup Artist), थिएटर आर्टिस्ट (Theatre Artist), नर्तक (Dancer), अभिनेता (Actor), गायक (Singer), संगीतकार (Musician), कवि (Poet), उपन्यासकार (Novelist) बन्न सकिन्छ भनेर विद्यार्थीहरूलाई सानै उमेरमा थाहा हुन जरुरी छ।

मलाई लाग्छ, कम्प्युटर पढाउने शिक्षकले सफ्टवेयर इन्जिनियरभन्दा अरू केही बन्न सकिन्छ भनेर सिकाउनुहुन्न। जब कि भिडियो एडिटर (Video Editor), ग्राफिक डिजाइनर (Graphic Designer), एनिमेटर (Animator), फोटो/भिडियोग्राफर (Photo/Videographer), प्रोग्रामर (Programmer) पनि कम्प्युटर र प्रविधिसँगै सम्बन्धित क्यारियर विकल्पहरू हुन्।

मेरो विशेष कुरा छ नेपाली विषयका बारेमा। मैले कक्षा १ को ‘टालाटुली बाट्टुली’, ३ को ‘गाउँछ गीत नेपाली’, ४ को ‘आमा’, ५ मा रहेको कवि शिरोमणिको ‘नैतिक दृष्टान्त’, ७ को ‘परिचय’, ८ कक्षामा रहेको देवी नेपाल गुरुको ‘गुरु’ कविता, र ९ कक्षामा रहेको पारिजातको ‘म सडक बोल्दै छु’ गद्य कविता सबै राम्रोसँग पढेँ। तर विडम्बना भनौँ कि के भनौँ, मलाई कहिल्यै पनि अनि कुनै पनि नेपाली पढाउने गुरुले कविता कस्ता किसिमका हुन्छन् र तिनीहरू कसरी लेखिन्छन् भनेर भन्नुभएन।

छन्दमा लेखिएका दर्जनौँ कविताहरू मैले पाठ्यपुस्तकमा नै पढेँ, तर ‘छन्द‘ भन्ने शब्द मैले कुनै पनि शिक्षकको मुखबाट सुनिनँ। कुनै शिक्षकले त पद्य कवितालाई समेत लय नहाली वाचन गर्नुहुन्थ्यो, उहाँलाई पनि पद्य कवितालाई लयका साथ वाचन गर्नुपर्छ भन्ने थाहा नभएर हो वा विद्यार्थीका अघि गाउन लाज लागेर हो, त्यो म जान्दिनँ। अनि त्यसैको सजाय मैले अहिले भोगिरहेको छु। म पनि विद्यालयमा हुँदा गणित र विज्ञानमा राम्रो अङ्क ल्याउँथेँ। तर गणित र विज्ञान मेरा रुचिका विषय थिएनन्। दुर्भाग्यवश, मसँग गर्नका लागि अरू कुनै काम नै थिएन। सायद मैले सानै उमेरमा मेरो रुचि थाहा पाएको भए, म अहिलेसम्म एउटा स्थापित कवि भइसक्ने थिएँ। मैले साहित्यको क्षेत्रमा धेरै साधना गरिसकेको हुने थिएँ।

अनि एउटा अर्को कुरा पनि जोड्न चाहन्छु। मैले तराईबाट आउँदा घरमा खेल्न भनेर एउटा टेबल टेनिसको ब्याट र बल लिएर आएँ। त्यो ल्याउनुको उद्देश्य यहाँ छरछिमेकका केटाकेटीहरूलाई टेबल टेनिस खेल्न सिकाउनु पनि थियो। मैले टेबल टेनिसको ब्याट देखाउँदै एकजना ६ कक्षामा पढ्ने छिमेकी भाइलाई सोधेँ, ‘यो कुन खेलको खेल सामग्री हो? तँलाई थाहा छ?’ उसलाई थाहा थिएन। तर यो पनि सत्य हो कि संसारमा टेबल टेनिसका ठूला-ठूला ओलम्पिकहरू आयोजना हुने गर्छन्। मैले उनीहरूलाई खेल्न सिकाउन थालेँ, तर उनीहरूका आमाबुबाबाट मलाई गाली आयो, ‘तँ यत्रो ठूलो भएर पनि किन केटाकेटी जसरी खेल्छस्? बरु पढ्न सिका न!‘ तर उनीहरूको छोराछोरीलाई पढ्नमा कुनै रुचि नै छैन।

त्यसैले मेरो बिन्ती छ, सबै शिक्षकहरूलाई, अभिभावकहरूलाई र स्थानीय सरकारलाई, विद्यार्थीले पढेर वा नपढेर भविष्यमा के-के बन्न सकिन्छ भन्ने कम्तीमा थाहा पाऊन्। विद्यालय केवल किताब पढ्ने ठाउँ होइन, त्यो त संसार बुझ्ने ठाउँ हो। यहाँका अभिभावकहरू अझै पनि छोराछोरीले बिहान-बेलुका घाँस काटेर ११/१२ पढुन् भन्ने चाहन्छन्। उनीहरूलाई विश्वास नै छैन कि छोराछोरीले राम्रो ठाउँको राम्रो कलेजमा गएर पढेर केही राम्रो काम गर्छन् भन्ने। अनि विश्वास पनि कसरी होस्, जब कि यही ठाउँको मास्टर्स पढेको व्यक्तिले समेत कोरियन भाषा पढ्दै गरेको उनीहरूले देखेका छन्। तर मलाई यो लाग्छ, हरेक विद्यार्थीले आफ्नो-आफ्नो रुचिको विषयतर्फ लागे भने उनीहरूले मास्टर्स पढेर बाहिरी देशको भाषा पढ्नुपर्दैन।

त्यसैले म चाहन्छु कि मेरो स्थानीय तहलगायत देशका हरेक सामुदायिक विद्यालयहरूमा केवल किताब मात्र पढाइ नहोस्। सरकारद्वारा शिक्षकहरूलाई थप प्रभावकारी शैक्षिक तालिम दिइयोस्। अभिभावकहरूलाई पनि आफ्नो बच्चाको रुचि पहिचान गरेर अगाडि बढ्नमा हौसला दिनुहुन अनुरोध गर्दछु।

तपाईंहरू सबैलाई शुभकामना!🙏

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

नवपुस्ता आलेख रोशन गड्तौला व्यक्तिगत निबन्ध

यो पनि पढ्नुहोस्...

निबन्ध: बादलको रङ्गीन संसार | ज्ञानेन्द्र विवश | हाम्रो कथाघर

संस्मरण: कथाकार शुषमा चित्रकारप्रति – २ | हाम्रो कथाघर

व्यक्तिगत निबन्ध: नामको कथा र नामको विवेकशास्त्र | हाम्रो कथाघर

निबन्धात्मक लेख: साउन र हरियो रङ | हाम्रो कथाघर

नियात्रा: स्वर्गको झलक बडिमालिका | हाम्रो कथाघर

निबन्ध: अनायासै लाग्ने माया र अनायासै जाग्ने घृणा | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १३ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग – अङ्क: १२ | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १२

भर्खरै

भदौ १३, २०८२

भदौ १३, २०८२

भदौ १३, २०८२

भदौ १३, २०८२

कविता: बेनाम लाशहरू | आचार्य प्रभा | हाम्रो कथाघर

भदौ १३, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.