Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

निबन्धात्मक लेख: साउन र हरियो रङ | हाम्रो कथाघर

साउन १२, २०८२

साउन विशेष कथा: हरियो व्यवहार | हाम्रो कथाघर

साउन १२, २०८२

साउन १२, २०८२

साउन १२, २०८२

साउन १२, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » निबन्धात्मक लेख: साउन र हरियो रङ | हाम्रो कथाघर

निबन्धात्मक लेख: साउन र हरियो रङ | हाम्रो कथाघर

साउन विशेष
सरिता बानियाँ भुसालसरिता बानियाँ भुसालसाउन १२, २०८२316 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

सरिता बानियाँ भुसाल

पेसा: शिक्षक (विजय सामुदायिक शिक्षा सदन)


१. परिचय: साउन र हरियो रङको बढ्दो आकर्षण

जब साउन महिना लाग्छ, तब सबैका घरमा नारी शृङ्गारका रूपमा हरिया चुरा, पोते र हरिया वस्त्र भित्रिन्छन्। विवाहिता महिलाको शृङ्गार हो— चुरा, पोते, तर आजभोलि के विवाहित, के अविवाहित, सबैका हातमा हरिया रङका चुरा झलल झल्किन्छन्।

२. सांस्कृतिक परिवर्तन र आर्थिक अवसर

यी शृङ्गारका सामग्री हाम्रो सौन्दर्यका लागि प्रयोग हुनुका साथै साउन महिनासँगको यिनको सुमधुर सम्बन्धले आजभोलि बजारमा निकै रौनक थपेको छ, जसकारण व्यापारीलाई भ्याइनभ्याई छ। किनभने, कहिल्यै चुरा-पोते नलगाउने दिदीबहिनीहरू पनि आजभोलि साउन लाग्नासाथ हरिया चुरा-पोतेमा सजिने प्रचलन बढेको छ। यसले एकातिर नेपाली संस्कृतिको परिमार्जित रूप देखाएको छ भने, अर्कातिर व्यापार-व्यवसायमा संलग्नहरूका लागि यो एउटा कमाउने अवसर पनि बनेको छ। हुन त हामी नेपाली कला र संस्कृतिमा धनी छौँ र यो नयाँ प्रचलनले पनि अब बिस्तारै संस्कृतिको एउटा पक्षको झल्को दिएको छ।

३. परम्पराको बदलिँदो स्वरूप: लुतो फाल्ने देखि मेहंदी लगाउने सम्म

जब हामी साना थियौँ, तब हाम्रा बाबाआमाले ‘साउने सङ्क्रान्ति हो, मरिन्छ कि बाँचिन्छ थाहा छैन, लुतो फाल्नुपर्छ’ भनेर यो पर्व मनाएको याद मानसपटलमा अझै ताजै छ। तर, आजभोलि भने ‘अब कस्ता चुरा-पोते आए? कस्ता डिजाइन चलेका छन्? चुरा, पोते, हरिया वस्त्रको बजार कस्तो छ? मेहंदी लगाउनुपर्छ’ भन्दै हामी आफ्ना हातमा नजर लगाइरहेका हुन्छौँ। आजभोलि हामी साउन महिनालाई साउने सङ्क्रान्तिको आफ्नै नयाँ आयामसँग जोडेर पनि हेरिरहेका छौँ।

४. सामाजिक चिन्ता र निष्कर्ष

हुन त मेहंदी लगाउनु, राम्रो देखिन खोज्नु— यी सबै समयको बदलिँदो मागअनुसार हामीमा पनि बदलाव देखिनु सामान्य नै हो। तर पनि, यसले हुँदा खाने र हुने खाने वर्गबीचको खाडल, भनौँ वा भिन्नता, देखाउने एउटा पक्ष पनि उजागर गरेको छ। कतै यसले हुँदा खाने घरपरिवारमा मार पारिरहेको छ कि भन्ने त्रास पनि मनमा उब्जिरहन्छ। समयको मागले ल्याएको यो परिवर्तनलाई भने नेपाली समाजले आयातित संस्कृतिका रूपमा बडो मजाले स्वीकार्दै आएको छ। यसले कता-कता दुःखी बनाउँछ कि भन्ने लागे पनि व्यापारीहरूका लागि यो एउटा आम्दानीको सुखद अवसर भने पक्कै हो।

अन्ततः, यसले एउटा गम्भीर प्रश्न पनि जन्माउँछ: कतै हामी आफ्नो मौलिक परम्परालाई बिर्सिएर आयातित संस्कृतिप्रति बढी आकर्षित त हुँदै छैनौँ? के यो हाम्रै संस्कृति समयसँगै परिमार्जित भएको हो, वा हामी आफ्नो पहिचानलाई पन्छाएर अरूकै संस्कृतिलाई भित्र्याइरहेका छौँ? निश्चय नै यो विषय आजको समाजका लागि विचारणीय छ। छैन त…?

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

निबन्धात्मक लेख सरिता बानियाँ भुसाल साउन र हरियो रङ

यो पनि पढ्नुहोस्...

नियात्रा: स्वर्गको झलक बडिमालिका | हाम्रो कथाघर

निबन्ध: अनायासै लाग्ने माया र अनायासै जाग्ने घृणा | हाम्रो कथाघर

निबन्ध: ॐ को प्रभावबारे धर्म र विज्ञान के भन्छ?

निबन्ध : एउटा विशुद्ध प्रेम कथा

संस्मरण: दादा, तिमी किन रोएको? नरुनू, म छु…

संस्मरण: पञ्चायतविरुद्धको आन्दोलन र अधुरो अपेक्षा

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – ११ | हाम्रो कथाघर

कथा: कम्युनिस्टहरू छद्मभेषी बनेपछि | हाम्रो कथाघर

कथा: मुक्कुमलुङ | हाम्रो कथाघर

पाक्षिक लघुकथा अभियान – अंक: १०

भर्खरै

निबन्धात्मक लेख: साउन र हरियो रङ | हाम्रो कथाघर

साउन १२, २०८२

साउन विशेष कथा: हरियो व्यवहार | हाम्रो कथाघर

साउन १२, २०८२

साउन १२, २०८२

साउन १२, २०८२

साउन १२, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.