Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

यौनकथा: काम–रतिको पुनर्जन्म | हाम्रो कथाघर

मंसिर २७, २०८२

समाचार: विद्युतकर्मी साहित्यिक समाजले पुष्कर लोहनीको साहित्यिक योगदानलाई सम्झियो

मंसिर २७, २०८२

स्मार्ट कविता श्रृङ्खला ५३ | हाम्रो कथाघर

मंसिर २६, २०८२

गजल श्रृङ्खला ३२ | हाम्रो कथाघर

मंसिर २५, २०८२

मुक्तक श्रृङ्खला ५२ | हाम्रो कथाघर

मंसिर २५, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » समाचार: विद्युतकर्मी साहित्यिक समाजले पुष्कर लोहनीको साहित्यिक योगदानलाई सम्झियो

समाचार: विद्युतकर्मी साहित्यिक समाजले पुष्कर लोहनीको साहित्यिक योगदानलाई सम्झियो

साहित्यिक समाचार
हाम्रो कथा घरहाम्रो कथा घरमंसिर २७, २०८२1K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

विद्युतकर्मी साहित्यिक समाजले पुष्कर लोहनीको साहित्यिक योगदानलाई सम्झियो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले ‘त्वदीयं वस्तु गोविन्द, तुभ्यमेव समर्पये’ नामक साहित्यिक कार्यक्रममार्फत वरिष्ठ साहित्यकार पुष्कर लोहनीको साहित्यिक योगदानको स्मरण गर्दै सम्मान कार्यक्रमको आयोजना गरेको छ।

विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष विष्णु आचार्य ‘अतृप्त’को अध्यक्षता तथा अग्रज साहित्यकार पुष्कर लोहनीको प्रमुख आतिथ्यमा घट्टेकुलो, काठमाडौँस्थित ‘महापुष्कर सभाकक्ष’मा मिति २०८२ मङ्सिर २६ गते, शुक्रबार साँझ उक्त कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा विशेष अतिथि नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईं, अतिथिहरू– वरिष्ठ साहित्यकार तथा शारदा मासिकका सम्पादक विमल भौकाजी, निबन्धकार श्रीबाबु कार्की, भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी विद्युतकर्मी साहित्यिक समाजका पूर्वअध्यक्षहरू– कुलप्रसाद पराजुली, केशव रुपाखेती, विष्णुबहादुर सिंह, पुण्य घिमिरे, रामेश्वर राउत ‘मातृदास’ र कृष्णदेव रिमाल ‘शब्दसेना’, वि.क.सा.स.का पूर्वउपाध्यक्ष राजु शर्मा, आयोजक संस्था वि.क.सा.स. आठौँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू (शारदा पराजुली, मुकुन्दप्रसाद प्रसाई, भोला शर्मा, सङ्गीता अधिकारी, रीता चालिसे, मिमन पुलामी, अनिल पौडेल, रामराजा ओझा, नारायणप्रसाद आचार्य लगायत) समेतको कार्यक्रममा सहभागिता रहेको थियो।

सो कार्यक्रममा वरिष्ठ साहित्यकार पुष्कर लोहनीलाई माला, दोसल्ला र उहाँको योगदान झल्कने सम्मानपत्र समर्पण गरिएको थियो। त्यसैगरी ‘त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये’ अर्थात् ‘जसको सिर्जना हो उहाँलाई नै सुनाउने’ खण्डको कार्यक्रममा सभाकक्षमा उपस्थित सबैले सम्मानित स्रष्टा पुष्कर लोहनीद्वारा विभिन्न कालखण्डमा रचिएका विभिन्न विधा (कथा, कविता, मुक्तक, हाइकु, चोका, कटौता आदि) का रचनाहरू उहाँलाई नै सुनाएका थिए।

उक्त कार्यक्रममा मन्तव्य राख्दै सम्मानित व्यक्तित्व लोहनीले ८८ वर्षको उमेरमा पनि आफूमा साहित्य सिक्ने र सिकाउने ऊर्जा अझै कायम रहेको विचार प्रकट गर्दै सत्यको पक्षमा आफूले निडरतापूर्वक कलम चलाएको तर प्राप्तिका लागि भनेर नलेखेको धारणा राख्नुभएको थियो।

उक्त समारोहमा कार्यक्रम आयोजनाको औचित्य पुष्टि गर्दै विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष विष्णु आचार्य ‘अतृप्त’ले “तिम्रो वस्तु तिमीलाई नै समर्पण गर्दछौँ” भन्ने आशयसहित ‘त्वदीयं वस्तु गोविन्द, तुभ्यमेव समर्पये’ नामक साहित्यिक अभियान सुरु गरिएको बताउनुभयो। उहाँले यो अभियान हालसम्म क्रमशः आदिकवि भानुभक्त आचार्य, महामानव विश्वेश्वरप्रसाद कोइराला, कवि विष्णुबहादुर सिंह तथा सात युवा कविहरूको समूह (पि सेभेन) को साहित्यिक देनप्रति समर्पित रहँदै सञ्चालन भइसकेको जानकारी दिँदै सोही अभियानको पाँचौँ संस्करणका रूपमा पुष्कर लोहनीको साहित्यिक योगदानलाई स्मरण गरिएको विचार व्यक्त गर्नुभयो।

यसअघि ‘तीन तियाँ’, ‘गजल मुशायरा’, ‘पुस्तकसँग पाठक’, ‘बहुभाषिक काव्यगोष्ठी’, ‘लेखन प्रशिक्षण कार्यशाला’, ‘स्रष्टा सम्मान’, ‘पर्यटन साहित्य प्रवर्द्धन’ लगायतका विविध स्वाद र शैलीका साहित्यिक कार्यक्रम सञ्चालन गरिसकेकाले पृथक् धारको कार्यक्रम खोज्ने सिलसिलामा यस्तो स्वरूपको कार्यक्रम गर्ने अवधारणाको विकास हुन गई यस प्रकृतिको कार्यक्रम शृङ्खलाबद्ध रूपमा आयोजना गरिएको संस्थाका सचिव युवराज शर्मा (आविष्कार कला) ले जानकारी दिनुभयो।


कार्यक्रममा विशेष अतिथि इन्दिरा प्रसाईं, वि.क.सा.स.का पूर्वअध्यक्षहरू एवम् अतिथि साहित्यकारद्वय विमल भौकाजी र श्रीबाबु कार्कीले रचना वाचनको पृष्ठभूमिमा विद्युतकर्मी साहित्यिक समाजको सिर्जनात्मक गतिविधि र पुष्कर लोहनीको साहित्यिक देनका बारेमा सङ्क्षिप्त टिप्पणीसमेत गर्नुभएको थियो।

करिब दुई घन्टासम्म सञ्चालन भएको सो कार्यक्रमको सहजीकरण विद्युतकर्मी साहित्यिक समाजका सचिव युवराज शर्माले गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा अतिथि साहित्यकारहरूलाई मायाको चिनो प्रदान गरिनुका साथै पुष्कर लोहनीकी धर्मपत्नी महालक्ष्मी लोहनीको हातबाट तयार भएको स्वादिलो खाजा वितरण गरिएको थियो।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

पुष्कर लोहनी सम्मानित विद्युतकर्मी साहित्यिक समाज साहित्यिक कार्यक्रम हाम्रो कथाघर हाईलाइट्स

यो पनि पढ्नुहोस्...

लघुकथाको शिखरमा लता केसी : ‘लघुकथा अभिभावक’ उपाधिद्वारा सम्मानित

देवकोटा र सिम्खडाको स्मरण गर्दै लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव सम्पन्न

साहित्यिक अभियानमा स्याङ्जाली नारी संस्था स्थापना

लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सवमा विविध कार्यक्रम

दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ विधिवत् लोकार्पण

सुनकोशी वाङ्मय प्रतिष्ठानको साधारण सभा सम्पन्न, छविरमण सिलवालको अध्यक्षतामा समिति चयन | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २० | हाम्रो कथाघर

पोस्टमा स्मार्ट लघुकथा श्रृङ्खला: १९ | किशन पाैडेल | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: २५ | नन्दलाल आचार्य | हाम्रो कथाघर

६ अनूदित लघुकथा | सन्दिप तोमर | हाम्रो कथाघर

भर्खरै

यौनकथा: काम–रतिको पुनर्जन्म | हाम्रो कथाघर

मंसिर २७, २०८२

समाचार: विद्युतकर्मी साहित्यिक समाजले पुष्कर लोहनीको साहित्यिक योगदानलाई सम्झियो

मंसिर २७, २०८२

स्मार्ट कविता श्रृङ्खला ५३ | हाम्रो कथाघर

मंसिर २६, २०८२

गजल श्रृङ्खला ३२ | हाम्रो कथाघर

मंसिर २५, २०८२

मुक्तक श्रृङ्खला ५२ | हाम्रो कथाघर

मंसिर २५, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.