जापानको टोकियोमा विनेसामको ‘विशेष कविता कन्सर्ट २०२५’ सम्पन्न
टोकियो, जापान । विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम) जापान शाखाको आयोजनामा स्रष्टात्रयको विशेष कविता कन्सर्ट २०२५ का साथै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
गत आइतबार टोकियोको ओकुबोस्थित काठमाडौँ लाउन्ज एन्ड बारको सभाहलमा आयोजित कार्यक्रममा कविहरू सुनिता राई कन्दङ्वा, सुजन वैरागी र उमेश तिमल्सिनाले तीन चरणमा कविता वाचन गर्नुभएको थियो। सोही अवसरमा सुरेश याक्सोको कथा सङ्ग्रह ‘पेनिबा’ र दिलीप राई सगरको गीति सङ्ग्रह ‘साईमा स्यामुना’ को विशेष प्रदर्शनी गरिएको थियो। कार्यक्रममा नयाँ वर्ष २०२६ को शुभकामना आदानप्रदानका साथै खुला रचना वाचनसमेत गरिएको थियो।
विनेसाम जापान शाखाका अध्यक्ष रवीन्द्र दिखुक्पाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) एशिया प्रशान्त क्षेत्रका संयोजक एवं अन्तर्राष्ट्रिय कानुनविद् डा. बलराम श्रेष्ठ मुख्य अतिथि हुनुहुन्थ्यो। विशेष अतिथिका रूपमा एनआरएनए जापानका अध्यक्ष सुवास लामिछाने, आदिवासी जनजाति महासङ्घ जापानका अध्यक्ष श्री गुरुङ, जापानी भाषाविद् हारुहितो नोचु, विनेसाम जापानका संरक्षक एवं निवर्तमान अध्यक्ष देवीबहादुर इङ्नाम, एनआरएनए जापानका प्रवक्ता रविन शर्मा र नेपाल पत्रकार महासङ्घ जापानका अध्यक्ष रवीन्द्र श्रेष्ठको उपस्थिति थियो।
त्यस्तै, साहित्यिक चौतारी नेपाल जापानका संरक्षक एवं निवर्तमान अध्यक्ष अमरदेव बास्तोला, कियाच काान्तो जापानका वरिष्ठ सल्लाहकार रामकुमार चाम्लिङ, मगर सङ्घ जापानका अध्यक्ष भिक्टोर ठाडा मगर, अनेसास जापानकी उपाध्यक्ष दीपा घिमिरे, स्याङ्जा समाज जापानका अध्यक्ष वेद कार्की, पूर्वी विकास सहकार्य केन्द्रका उपाध्यक्ष पेमानुरी शेर्पा, साहित्यिक चौतारी नेपाल जापानकी अध्यक्ष सरिता ढकाल र सचिव शारदा पाण्डे कार्यक्रममा सहभागी हुनुहुन्थ्यो। पत्रकार महासङ्घ जापानका निवर्तमान सचिव राजन गौतम, अनेसास जापानका निवर्तमान अध्यक्ष गिरिजा गैरे, हिमालयन भ्वाइसबाट समर प्रेम, अविरल पाण्डे तथा लेखक मेमराज राई लगायतका अतिथिहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि डा. श्रेष्ठले साहित्य सिर्जना गर्नु समाजका लागि महत्वपूर्ण योगदान भएको बताउनुभयो। उहाँले प्रसिद्ध जापानी कवि कानेको मिसुजुको ‘म, सानो चरा र घण्टी’ शीर्षकको कविता जापानी र नेपाली दुवै भाषामा सुनाउँदै जापानमा आफ्नो सुरुवाती दिनको अनुभव बाँड्नुभयो। सो कविताले आफूलाई ऊर्जा प्रदान गरेको चर्चा गर्दै उहाँले विदेश कहिल्यै पनि आफ्नो देश हुन नसकेको यथार्थलाई बुझ्नुपर्नेमा जोड दिनुभयो र कविता वाचन गर्ने तीनै जना स्रष्टालाई बधाई ज्ञापन गर्नुभयो।
त्यसै गरी पत्रकार महासङ्घका अध्यक्ष रवीन्द्र श्रेष्ठ, एनआरएनए जापानका प्रवक्ता रविन शर्मा, हारुहितो नोचु, देवीबहादुर इङ्नाम लगायतले कवित्रयलाई बधाई दिँदै नयाँ वर्ष २०२६ को शुभकामना व्यक्त गर्नुभयो। खुला रचना वाचनतर्फ अविरल पाण्डे, दीपा घिमिरे, अमरदेव बास्तोला, शारदा पाण्डे, लेखनाथ भेटुवाल लगायतले आ-आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो।
संस्थाका उपाध्यक्ष शिवराज राईले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन विनेसाम जापानकी सहसचिव सयपत्री थुलुङ र सदस्य प्रमोद श्रेष्ठले गर्नुभएको थियो। अन्तमा, सभाध्यक्ष रवीन्द्र दिखुक्पाले कविहरूलाई बधाई र प्रमुख अतिथि एवं अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



