Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कथा : परिवर्तन | टङ्कबहादुर आलेमगर | हाम्रो कथाघर

फाल्गुन ११, २०८२

कथा : हरेमुरारे ! | डा. टीकाराम पोखरेल | हाम्रो कथाघर

फाल्गुन ११, २०८२

कथा: कोहिनुर | हरिश कल्पित | हाम्रो कथाघर

फाल्गुन ११, २०८२

स्मार्ट कविता श्रृङ्खला: ५८ | हाम्रो कथाघर

फाल्गुन १०, २०८२

गजल श्रृङ्खला: ३७ | हाम्रो कथाघर

फाल्गुन १०, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » ‘अमरज्योति’ साहित्यिक पत्रकारिता विशेषाङ्क र मातृका पोखरेलको कथासङ्ग्रह विमोचन

‘अमरज्योति’ साहित्यिक पत्रकारिता विशेषाङ्क र मातृका पोखरेलको कथासङ्ग्रह विमोचन

हाम्राे कथाघर हाईलाइट्स
हाम्रो कथा घरहाम्रो कथा घरपुस २५, २०८२1K Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

‘अमरज्योति’ साहित्यिक पत्रकारिता विशेषाङ्क र मातृका पोखरेलको कथासङ्ग्रह विमोचन


काठमाडौँ, २५ पुस ।
नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजको आयोजनामा दुई महत्वपूर्ण कृतिको विमोचन सम्पन्न भएको छ । शुक्रबार रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयको सभाहलमा आयोजित एक विशेष समारोहका बीच समाजको त्रैमासिक प्रकाशन ‘अमरज्योति’ को अङ्क ६८ (साहित्यिक पत्रकारिता विशेषाङ्क) र प्राज्ञ मातृका पोखरेलको कथासङ्ग्रह ‘मलाई पनि निद्रा लागेन’ सार्वजनिक गरिएको हो ।

वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, समीक्षक डा. हरि सिलवाल र नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष मोहन दुवाल विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । प्रमुख अतिथि तथा विशेष अतिथिहरूले संयुक्त रूपमा पुस्तक र पत्रिकाको विमोचन गर्नुभएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि नगेन्द्रराज शर्माले नेपाली साहित्यिक पत्रकारिता अझै पनि सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले साहित्यिक पत्रकारिता धेरै हदसम्म लहड र सनकको भरमा टिकेको छ, तर यो समाजसेवाको एउटा बलियो माध्यम पनि हो ।”

कृतिमाथिको समीक्षा
विमोचित ‘अमरज्योति’ साहित्यिक पत्रकारिता विशेषाङ्कमाथि समीक्षा गर्दै वरिष्ठ साहित्यिक पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले यस अङ्कले नेपाली साहित्यिक पत्रकारिताको इतिहास र वर्तमानलाई बुझ्न महत्त्वपूर्ण सघाउ पुर्‍याउने धारणा राख्नुभयो । त्यस्तै, डा. हरि सिलवालले मातृका पोखरेलको कथासङ्ग्रह ‘मलाई पनि निद्रा लागेन’ माथि टिप्पणी गर्दै संवेगात्मक र सामाजिक यथार्थको सन्तुलन कथामा पाइने उल्लेख गर्नुभयो ।

कार्यक्रममा कथाकार मातृका पोखरेलले आफ्नो कृतिको सिर्जना प्रक्रियाबारे जानकारी दिनुभएको थियो भने प्राधिकरणका उपकार्यकारी निर्देशक तुलाराम गिरीले ‘अमरज्योति’ ले प्राधिकरणभित्रको साहित्यिक वातावरणलाई उचाइ दिएको बताउनुभयो ।

विशेषाङ्कको विशेषता
‘अमरज्योति’ को यस विशेषाङ्कमा साहित्यिक पत्रकारिताका विविध आयाममा केन्द्रित २६ जना लेखकका लेखहरू समावेश छन् । जसमा नगेन्द्रराज शर्माको अन्तर्वार्ताका साथै ऋद्धिबहादुर मल्ल, रोचक घिमिरे, कर्ण दयाल ‘सोराडी’, कुलप्रसाद पराजुली, जीवन शर्मा, डा. टंक उप्रेती, ठाकुर बेलवासे, ताराप्रसाद वस्ती, नवराज रिजाल, निर्मल अर्याल, परशुराम अधिकारी, पवन आलोक, पुष्य घिमिरे, प्रकाश थापामगर, बोधराज पौडेल, मनु बि.क., मातृका पोखरेल, माधव घिमिरे ‘अटल’, मोहन दुवाल, रामेश्वर राउत मातदास, लक्ष्मी भट्टराई ‘परिधि’, विमल भौकाजी, शब्दसेना, शशिधर भण्डारी र शान्तिराम भट्टराई ‘शाराभ सिन्धु’ का लेखहरू रहेका छन् ।

विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष एवं पत्रिकाका प्रधान सम्पादक विष्णुप्रसाद आचार्य ‘अतृप्त’ को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कार्यकारी सम्पादक युवराज शर्माले गर्नुभएको थियो । समाजकी उपाध्यक्ष शारदा पराजुलीले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा लेखकहरूलाई पारिश्रमिक र अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा ठूलो सङ्ख्यामा साहित्यिक पत्रकार तथा लेखकहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

नेपाल विद्युत प्राधिकरण साहित्यिक कार्यक्रम हाम्रो कथाघर हाईलाइट्स

यो पनि पढ्नुहोस्...

समाचार: वालिङ महोत्सवमा साहित्यिक उत्सव

अर्घाखाँचीमा दुई साहित्यिक कृति विमोचन

साहित्यकार पार्वती पुडासैनीको कवितासङ्ग्रह ‘छेपारो समय’ प्रकाशित

निर्बन्ध- आख्यान कृतिको पाण्डुलिपिमाथि विमर्श सम्पन्न | हाम्रो कथाघर

जापानको टोकियोमा विनेसामको ‘विशेष कविता कन्सर्ट २०२५’ सम्पन्न | हाम्रो कथाघर

समाचार: विद्युतकर्मी साहित्यिक समाजले पुष्कर लोहनीको साहित्यिक योगदानलाई सम्झियो

♈ दैनिक राशिफल ♎

विशेष

सुबिन भट्टराईको कथासङ्ग्रह ‘चमेलीको फूल बैजनी रुमाल’ पढेपछि

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २४

बाल-उपन्यास: अद्भूत विवाह | हाम्रो कथाघर

पुस्तक समीक्षा: “अमेरिकाको घाम” लाई नजिकबाट नियाल्दा | हाम्रो कथाघर

भर्खरै

कथा : परिवर्तन | टङ्कबहादुर आलेमगर | हाम्रो कथाघर

फाल्गुन ११, २०८२

कथा : हरेमुरारे ! | डा. टीकाराम पोखरेल | हाम्रो कथाघर

फाल्गुन ११, २०८२

कथा: कोहिनुर | हरिश कल्पित | हाम्रो कथाघर

फाल्गुन ११, २०८२

स्मार्ट कविता श्रृङ्खला: ५८ | हाम्रो कथाघर

फाल्गुन १०, २०८२

गजल श्रृङ्खला: ३७ | हाम्रो कथाघर

फाल्गुन १०, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.