नारी कलङ्कित हुदा मन भयो चिरा
कोही मान्छन् फोहर कोही मान्छन् हिरा
नारीको महत्व बुझ्नेलाई श्रीखण्ड
नबुझ्नेलाई नारी खुर्पाको बिड ।
नारीको नाम एक रूप अनेक
भगवानको रुप एक नाम अनेक
कहीँ चण्डी कहीँ दुर्गा त कहीँ भगवती
हामी मानव सब तिनका सन्तति
भन्छन सब नारी कमजोर हुन्छे
तर जिस्कायो भने चण्डीको रूप लिन्छे
आफू र आफ्नो सन्तानका लागि
सुरक्षा कवजको उपमा दिन्छे ।
नारी दया माया ममताको सागर
करुणाको अनुपम उदाहरण
कहिल्यै नरित्तिने छ ममताको सागर
नारीबाटै सिंगारिएको छ यो संसार ।
नारी नचिन्नेलाई गर खबरदार
आवश्यक पर्दा उठाउ तरवार
आफ्नो सुरक्षा आफै गर्न सिक
नारीमा छ शालिनताको सिप ।
आमा नारी छोरी नारी बुहारी पनि
यिनैबाट जन्मिन्छन छोरा पनि
तर पनि चिनिन्छ देश पुरुष प्रधान भनि
यिनैबाट हेपिन्छिन नारी जहाँ पनि ।
नारी सहनशीलताकि हुन गाथा
उदाहरण छन् जिउँदै जलेका सति प्रथा
धेरै सम्बन्धमा खरा उत्रिनु पर्ने
लाग्छ धर्ती माताकै संज्ञा दिनुपर्ने
नारी आफ्नो पहिचान गर्न सिक
घरमात्रै होइन सामाजिक बन्न सिक
आफ्नो परिचय देऊ मानिस माझ
बनाऊ सार्थक तिम्रो जीवन आज ।।
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ , नवलपुर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।