Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कथाकार काफ्ले र महतलाई ‘रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ | स्रोत: हाम्रो कथाघर

साउन १८, २०८२

लघुकथामा एक प्रयोग – अङ्क: १२ | हाम्रो कथाघर

साउन १८, २०८२

कविता: लुतो | हाम्रो कथाघर

साउन १५, २०८२

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १२

साउन १५, २०८२

नन्दलाल आचार्यको ‘शल्यक्रिया’को सांस्कृतिक विमोचन | हाम्रो कथाघर

साउन १३, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कथा: अँध्यारो रात

कथा: अँध्यारो रात

आख्यान - कथा
ममता मृदुलममता मृदुलअशोज ७, २०८१1K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

डोको नाम्लो बोकेर घरबाट निस्किँदा
फूलमायालाई कसको मकैबारीमा घाँस छ पहिल्यै थाहा हुन्थ्यो ।

पन्ध्र वसन्त पार गरेकी फूलमायाको आइतेसँग लगनगाँठो बाँधिइसकेको छ । उसलाई भालेको डाकमा उठेर पँधेरो पुग्न आधा घण्टा लाग्छ । पानी ल्याएर गोठमा गाईगोरुलाई पराल घाँस हालेर दूध दुहुनु फूलमायाको नित्य कर्म हो । भान्छा कोठामा पसेर दूध तताएर सबैको भाग ओछ्यानमा पुऱ्याएपछि आइतेको निन्द्रा खुल्छ । सात बजे उठेका आइतेका परिवारमा फूलमायाको कसैलाई माया लाग्दैन । उसले दुहुनो गाईलाई कुँडो पकाउन बसालेकी छे । भान्छामा पसेर काम सघाउन नन्द शुष्मालाई आउँदैन । खाना बेलामा पकाउन कहिल्यै नसक्ने भनेर शुष्माले कराउन थालेपछि सासूआमा भान्छा कोठामा पस्थिन् । फूलमाया ठेकीमा दही मथ्न छाडेर खाना पस्किन्थी । पाकेको खाना झिकेर खान नसक्ने नन्द थिइन् । यन्त्रवत् दिनभरि चलेको शरीरले राती सासूआमाको शरीरमा चिल्लो घसेपछि मात्र फुर्सद पाउँछ । थाकेको शरीरले मध्यरातमा मात्र आराम पाउँछ । फेरि चक्र घुमेसरि दिन आइहाल्छ ।

आइते रेसालु स्वभावको छ । आइतेले फूलमायासँग ख्यालठट्टा गर्न नपाएको गुनासो व्यक्त गर्छ । आइतेसँग बसेर ख्यालठट्टा गर्न फूलमाया भ्याउँदिन । फूलमाया फूलजस्तै कोमल छे । उसलाई पहिले कसको आदेशको पालना गर्ने थाहा छैन । सिस्नोको झ्याङ्गमा अनजानमा फसेकी बालिका र फूलमायाको अवस्था उस्तउस्तेै छ ।

फूलमायाले खेतबाट गोरुगाडामा पराल टाट्नोमा राखेर ल्याई । गोरु दाम्लोले बाँधी । पराल टौवामा थन्काएपछि फूलमाया भान्छा कोठामा पसी । सासूआमा समयमा चिया पिउन नपाएकोमा फतफताइरहेकी थिइन् । उसले हतारहतार घरधन्दा गर्न थाली । फूलमायाको जीवनको गाडी उबडखाबड बाटामा हिंडिरहेको छ । केही काम नसघाउने आइते दिनभरि कहाँ जान्छ ? के गर्छ ? कसैले चासो लिंदैनन् । जीवनमा सुखको अनुभव गर्न नपाए पनि लोग्नेको घर फूलमायाले सम्हालेकी थिई । लोग्नेको जस्तो स्वभाव भए पनि लोग्नेलाई सकारात्मक रूपमा स्वीकारेकी छे । उसलाई लाग्थ्यो, जे जस्तो भए पनि लोग्ने भनेको लोग्ने हो ।

एक दिन विश्वासको वरपिपल गल्र्याम्म ढल्यो । शीतलता प्रदान गर्ने वरपिपल ढल्ने शंकाफूल मायालाई थिएन । आइतेले पल्लाघरे पुरुषोत्तम मास्टरकी श्रीमती निरालाई लिएर भाग्यो । महिना दिनसम्म खोजी गरे पत्तो लागेन । पुरुषोत्तम मास्टर भलाद्मी थिए । केही दिनपछि पुरुषोत्तम मास्टर गाउँ छाडेर शहर पसे । पुरुषोत्तम मास्टरले गाउँ छाडेको थाहा पाएर आइते र निरा गाउँ फर्के । आइतेकी आमाले निरालाई बुहारी मानेर भित्र्याइन् ।

फूलजस्ती कोमल फूलमाया एकाएक काँडा भई । शीतकालमा बरफले ढाकेको पहाड जस्तो भयो उसको जीवन । निराले फूलमायालाई घरमा टिक्न नदिने अवस्था ल्याउन थालिन् । दिनभरि नबिसाई काम गरेर थाके पनि फूलमायालाई आइतेले कुटपिट गर्न थाल्यो । ऊ भित्र कहिले दया पलाएन ।
लोग्नेको यातना सहन नसकेपछि एकरात फूलमायाले घर छाड्ने निर्णय गरी । तर घर छाडेर कहाँ जाने थाहा थिएन । ऊ उद्देश्य विहीन पन्छीजस्तै भएर उडी । साथमा बोकेको सातु सिद्धिदै गयो । खर्चको नाममा पोल्टामा पचास रुपियाँ थियो । ऊ बहुलाईजस्तै भएर धरान आइपुगेकी थिई । मन सम्हाल्न नसकेर घरीघरी उसका आँखाबाट आँसु छचल्किन्थ्यो । ऊ धरानमा आई पुगेपछि भानु चोकमा उभिएर चारैतिर नजर दौडाई । अपरिचित ठाउँ, अपरिचित मान्छे , कता जाने थाहा छैन । ऊ सिधै ओरालो झरी । केही अघि आएर पीपलको रुखमुनि थचक्क बसी । घना कुहिरोमा हराएको अनुभूति गरी आफूलाई । अलिकति सम्भावनाको उज्यालो खोजी तर कतै भेटिन । उसको गन्तव्य अन्धकार थियो । अन्ततः केही सिप नलागेपछि कतै काम पाए काम गर्ने निर्णय गरी । चार, पाँच, छ गर्दै धेरै दैलो ढक्ढक्याई । निराशाको घना बादल छाँटिने आशा लिएर अगाडि बढी, बढिरही ।

साँझ झमक्क पर्न लागेको छ । सबैतिर झिलिमिली बत्ती बलिसकेको छ । थाके पनि आशाको दियो मनमा बलिरहेको छ । रेष्टुरेन्टभित्र साहुनी बसेकी छ । फूलमायाले बिस्तारै भित्र चियाई । साहुनीले फूलमायालाई देखिन् । भित्र के हेरेको ? प्रश्न गर्न थालिन् । फूलमाया डराई । ‘काम खोज्न आएकी केही काम छ ।’ उसले सोधी ।

उसको भनाइले साहुनी छक्क परिन् । फूलजस्ती कोमल परी आफ्नो ढोकामा काम मागिरहेकी छ । यसलाई राख्न पाए, मनमनै विचार गरिन् । के काम आउँछ ? सोधिन् ।
‘साहुनी मलाई भाँडा माझ्न आउँछ । सिकाउनुभयो भने सबै काम गर्छु ।’

‘ ल भित्र आऊ ।’ उसलाई साहुनीले भाँडा माझ्ने ठाउँमा लिएर गइन् । ऊ खुसी भई ।

फूलमायाको मेहनतबाट साहुनी रीता र साहु राजेन्द्र खुशी थिए । फूलमायाले बिस्तारै काम सिक्दै गई । रेष्टुरेन्ट चलाउन रीता र राजेन्द्र दुवै बस्थे । फूलमायाको इमानदारिता र कामबाट सबै प्रभावित भएका थिए । रीता र राजेन्द्रका सन्तान थिएनन् । रीता बाहिर गएका बेला फूलमाया ले सबै काम सम्हाल्थी ।

कामको सिलसिलामा रीता बाहिर गएकी थिइन् । रेष्टुरेन्ट बन्द गरेर फूलमाया सुत्ने तयारी गर्दै थिई । ढोका ढक्ढक्याएको आवाज आयो । को हो ? बिस्तारै फूलमायाले सोधिन् ।फूलमाया म राजेन्द्र ढोका खोल ।फूलमायाले ढोका खोलिन् । रीता थिइनन् । रीता नभएको समयमा राजेन्द्रले फूलमायालाई डर देखाएर लुटिरहे । फूलमाया को चित्कार कसैले सुनेन । रोइन्, कराइन् अन्त्यमा मौन भएर पीडा भोगि रही ।

केही दिनपछि रीता आइन् । फूलमायालाई रीतासँग आफूमाथि भएको घटना भन्ने हिम्मत आएन । जसले आश्रय दिएको थियो उसैको घरमा आगो लगाउन चाहिन उसले । एउटा नारीको पीडाको कारण नबन्ने निर्णय गरी उसले तर ऊभित्र राजेन्द्रको पापको फूल फक्रन थालिसकेको थियो । उसलाई रीताले धेरैपटक सोधिन् । कसको बच्चा हो ? फूलमाया केही बोल्दैन थिई ।

एकदिन फूलमायाले रीतासँग मलाई बिदा दिनोस् भनिन्।

‘फूलमाया, म तिमीलाई जान दिन्न तर यो बच्चाको बाबु को हो नढाँटी भन’ भनेपछि फूलमायाले अँध्यारो रातमा को थियो मैले चिनिनँ भनेर ढाँटी ।

केही समयपछि फूलमायाले छोरी जन्माई । निसन्तान रीताले अन्जानमा फूलमायाको स्याहार गरिन् । राजेन्द्र खुशी थिए । फूलमायाले राजेन्द्रलाई आत्महत्या गर्ने धम्की दिएर रीतालाई साँचो कुरा भन्न दिइन । फूलमायाको धम्की सुनेर राजेन्द्र मौन बसेका थिए । रीताले फूलमायाकी छोरीको नाम रोशनी राखिन्।
रीता रोशनीको प्रेममा डुबेकी थिइन् । फुलमाया रेष्टुरेन्ट चलाएर राती आउँथी । रोशनी राम्रो विद्यालयमा पढ्दै थिई । रीताले रेष्टुरेन्ट जान छाडिसकेकी थिइन् ।

एकदिन रीता धेरै ढिलोसम्म बाहिर नआएपछि फूलमाया रीताको कोठामा चिया लिएर गई । रीता उच्च रक्तचापको बिरामी थिइन् । चिया दिएर फर्कन लाग्दा रीताले फूलमायालाई रोकिन् ।

‘फूलमाया म तिमीलाई एउटा प्रश्न सोध्छु नढाँटी जवाफ दिन्छौ ?
फूलमायाले हुन्छको सहमतिमा टाउको हल्लाई ।

रीताले प्रश्न गरिन् ।
‘रोशनी राजेन्द्रकी छोरी हो ?’
फूलमाया स्तब्ध भइन् । आँखा चिम्लिन्, मनमनै सोची, मलाई मान सम्मान र इज्जत दिने नारीलाई म पीडा दिन्न । हाँसेर जवाफ दिइन् ।

‘होइन दिदी, तपाईंले गलत सोच्नुभयो ।
ऊ बिस्तारै रीताको छेउमा आई र रीताको हात समाएर भनी– ‘साहुजी यस्तो हुनुहुन्न । उहाँ त सोझो हुनुहुन्छ ।’

फूलमायाको कुरालाई काटेर रीताले फेरि सोधिन्–

‘तिमी कसम खान सक्छौ ?’
फूलमायाले जवाफ दिई–
‘किन नसक्नु, सक्छु ।
दिदी, अँध्यारो रात थियो मैले मान्छे चिनिन ।’
उसले फेरि पनि ढाँटी ।

रीता छक्क परिन् ।
‘यति धेरै पीडा कसरी लुकाउँछौ ?
फूलमाया म तिमीलाई कति शंका गर्छु, तिमी मुस्कुराएर जवाफ दिन्छौ । यो संसारमा कसलाई विश्वास गर्ने थाहा पाइनँ ।’

‘पन्ध्र वर्षको उमेरमा लोग्नेले सौता हाल्यो । जाने ठाउँ कहीँ थिएन तपाईंले साहरा दिनुभयो । मलाई जन्म दिने र कर्म चलाउनेले दिन नसकेको खुशी पाएँ । एउटी नारीलाई सौता नामको किलाले मुटुमा ठोकेपछिको जीवनको अनुभूति मैले गरेकी छु । दिदी, तपाईंले मेरो विश्वास नगरे पनि साहुजीको विश्वास गर्नुहोस् ।’

‘फूलमाया, मैले तिमीलाई आफूलाई भन्दा बढी माया गरेको पाएकी छु । तिमीले मलाई कहिल्यै पीडा दिइनौ ।’

त्यसपछि रीता निक्कै बिरामी भइन् । पन्ध्र दिन अस्पताल बसेपछि रीताले देहत्याग गरिन् ।
रीताको मृत्युमा फूलमाया धेरै रोई । रीताको मृत्युले रोशनीलाई समेत विक्षिप्त बनाएको थियो ।

उसको फेरि पुरानै दिनचर्या सुरु भयो । रीता बितेको बीस दिनपछि फूलमायाले रेष्टुरेन्ट खोली । साहुनी बस्ने कुर्सीमा धुलो जमेछ । फूलमायाले झारझुर पारी । खाने मान्छे आउन थालेपछि साहु राजेन्द्रलाई फोन गरेर बोलाई । गल्लामा पैसा राख्न लाग्दा बन्द खाम देखी । राजेन्द्रको होला भन्ने ठानेर नचलाइ छाडिदिई ।

केही समयपछि राजेन्द्र आए । राजेन्द्र काउन्टरमा बसे । पैसा फिर्ता दिन लाग्दा बन्द खाम देखे । राजेन्द्रले खाम निकाले पत्रमा पाउनेको ठाउँमा फूलमायाको नाम थियो । फूलमाया रेष्टुरेन्ट बन्द गर्दै थिई । राजेन्द्रले फूलमाया भनेर बोलाए ।
फूलमाया यहाँ तिम्रो चिठी रहेछ ।

राजेन्द्रलाई त्यो चिठी पढिदिनोस् भनेर आग्रह गरिन् ।
चिठी रीताले लेखेकी रहिछन् ।

फूलमाया !
तिमीलाई म के भनेर सम्बोधन गरूँ ? तिमीले दिएको प्रेमका लागि म केही दिन सक्तिनँ । मलाई थाहा छ फूलमाया ! म आमा बन्न सक्तिन तर राजेन्द्र साहुजी बाबु बन्न सक्छ । म नभएको समयमा सायद तिम्रो विश्वासलाई कुल्चेर साहुजीले तिमीमाथि हातपात गरेको छ । म आफ्नो लोग्नेलाई राम्ररी चिन्दछु । राजेन्द्रले तिमीलाई हेर्ने नजर जस्तो भए पनि तिमी अटल थियौ । म प्रतिको तिम्रो कर्तव्य सधैं स्तम्भ जस्तै खडा भईरह्यो ।
फूलमाया राजेन्द्रले गरेको गल्तीलाई माफ गरिदेऊ । मेरो मृत्युपछि मेरो घर सम्हालिदेऊ । म तिम्रो भरोसामा जाँदैछु । फूलमाया एकपटक माफ गरिदेऊ ।

फूलमाया केही बोलिन ।
चूपचाप रेष्टुरेन्ट बन्द गरेर घर गई । राजेन्द्र पछिपछि गए ।

रोशनी सुतिसकेकी थिई । राजेन्द्रले फूमायाको कोठामा आएर बिस्तारै फूलमायाको हात समाते ।
फूलमाया मलाई माफ गर !
फूलमाया केही बोलिनन् । मौन एकदम मौन थिइन्, ढुंगाजस्तै । ऊसँग बोल्ने कुनै शब्द थिएन ।

= संकलन: तारा के. सी

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा ममता मृदुल

यो पनि पढ्नुहोस्...

साउन विशेष कथा: हरियो व्यवहार | हाम्रो कथाघर

नवपुस्ता कथा: माटोका सन्तान | हाम्रो कथाघर

लघुकथा: पैसा | हाम्रो कथाघर

लघुकथा: ऊ अझ हेरिरहेछ! | हाम्रो कथाघर

लघुकथा: इमेज | हाम्रो कथाघर

लघुकथा: समाजसेवी | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – ११ | हाम्रो कथाघर

कथा: कम्युनिस्टहरू छद्मभेषी बनेपछि | हाम्रो कथाघर

कथा: मुक्कुमलुङ | हाम्रो कथाघर

पाक्षिक लघुकथा अभियान – अंक: १०

भर्खरै

कथाकार काफ्ले र महतलाई ‘रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ | स्रोत: हाम्रो कथाघर

साउन १८, २०८२

लघुकथामा एक प्रयोग – अङ्क: १२ | हाम्रो कथाघर

साउन १८, २०८२

कविता: लुतो | हाम्रो कथाघर

साउन १५, २०८२

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १२

साउन १५, २०८२

नन्दलाल आचार्यको ‘शल्यक्रिया’को सांस्कृतिक विमोचन | हाम्रो कथाघर

साउन १३, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.