हातमा छाता हुनु भनेको
पानीको अस्तित्व
अस्वीकार गर्नु मात्र होईन
कम्जोर छु भन्नू पनि हो
आफैलाइ प्रकृतिको उत्सवबाट
बन्चित गराउनु पनि हो
एउटा रमाइलो छेक्नु पनि हो
भिजेर त हेर !
भिज्नुमा कति मजा छ ?
दुस्मनको डरले
बन्दुक बोके जस्तै हो
बर्षामा छाता बोकेर हिंड्नु
लडिने डरले
लौरो बोकेर हिड्ने युवा र
मरिने त्रासले
औसधि बोकेर हिड्ने
बृद्धअवस्था जस्तै हो
बर्षामा छाता बोकेर हिड्नु
ओढेर आफ्नै
अस्तित्वको मुखुण्डो
जिन्दगीको बर्षामा ओतिने म
रुझेर तिम्रै आँसुको बरबरमा
तिम्लाइ नै रुझाएर आफू नभिज्ने म
गालाको भिर भएर गुडेका
तिम्रा नुनिला पानीहरु
कतै आफैमा छिटो पर्ला कि भनेर
स्वार्थको छाता आफैतिर तान्ने म
म रुझ्न नचाहने
म भिज्न नचाहने
म डुब्न नचाहने
मोति खोज्ने गोताखोर हु
नडुबि गहिराइमा
छाताले ओतेको मुहार र
आँसुले छोडेको आँखा
उस्तै हो सुक्खा वसन्त बिहिन
भिज्नुपर्छ कुनै दिन लफक्कै
आकाशको आँसुमा
र पो हरियो होला जिन्दगी !
त्यसैले त हो मैले यहाँ
स्वार्थ र अहंकारको छाता फ्याकेको
र हरियो भएको
बर्षातको पर्वत जस्तै ।।।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।